एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन
संयोजकमा चन्द्रमान नेपाली चयन २३ असोज, काठमाण्डौँ । नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल)को आगामी राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्न सात सदस्यीय निर्वाचन मण्डल गठन गरिएको छ। वि.सं. २०१७ तदानुसार १९६० मा स्थापना भएको नेपाल राष्ट्रिय मण्डली संगति (एनसीएफ नेपाल) नेपालकै सबैभन्दा पुरानो, ठूलो र सशक्त ऐतिहासिक नेपाली चर्चहरुको अभिभावकीय संस्था हो । विहिवार काठमाण्डौँको वेथशालोम पुतलीसडक चर्चमा सम्पन्न विशेष महाधिवेशनले ६६औँ राष्ट्रिय प्रतिनिधि सम्मेलन तथा अधिवेशन आयोजना गर्नका लागि पास्टर चन्द्रमान नेपालीको संयोजकत्वमा निर्वाचन मण्डल गठन गरिएको एनसीएफएनले जनाएको छ। निर्वाचन मण्डलको सदस्यहरुमा एनसीएफ नेपालका महासचिव शेरबहादुर ए.सी., गण्डकी प्रदेशका अध्यक्ष नवराज पाण्डे, पावल बस्नेत र अधिवक्ता केदारबहादुर खड्का छन् भने बाँकी तीन सदस्यहरूलाई अन्य प्रदेशका अध्यक्षहरूमध्येबाट चयन गर्ने निर्णय सभाले...