रोचेस्टर, अमेरिका – जुलाई ३, २०२५भूटानी नेपाली चर्च अमेरिका (BNCA) को आयोजनामा १२ औं BNCA सम्मेलन २०२५ न्यूयोर्क राज्यको रोचेस्टरस्थित Browncroft Community Church मा उत्साहपूर्वक सञ्चालनमा रहेको छ। “The Gospel and Me” (सुसमाचार र म) भन्ने मूल विषयमा आधारित यस सम्मेलनले विश्वभर छरिएका नेपाली ख्रीष्टियनहरूलाई आत्मिक एकता, पवित्र आत्माको सामर्थ्य, र सुसमाचारको गहिरो अनुभूतिमा बाँध्ने उद्देश्य लिएको छ।
सम्मेलनको विशेष सत्रमा चर्च सेवामा लामो समयदेखि समर्पित दुई व्यक्तित्व पास्टर भद्र राई र गायिका लिड़िया राइलाईलाई गोल्डेन अवार्ड प्रदान गरिएको छ । आत्मिक सेवामा लामो समयदेखि संलग्न रहँदै बाइबल शिक्षण र अगुवाइमार्फत समुदायमा पुर्याएको उल्लेखनीय योगदानको कदरस्वरूप पास्टर राई सम्मानित भए ।
पास्टर भद्र राई, जो BNCA का अध्यक्ष (President) समेत हुनुहुन्छ, त्यस्तै पाँच वर्षको उमेरदेखि नै गीत गाउन सुरु गरेकी लिडियाले आफ्नो संगीत यात्रा चर्चमा गायन र विभिन्न सांगीतिक कार्यक्रममा सक्रिय भएर सुरु गरेकी हुन् । उनले “Voice of Shalom” जस्तो प्रतिष्ठित प्रतियोगितामा सहभागिता जनाउँदै पुरस्कार जितेर आफ्नो स्थान स्थापित गरेकी छन्। उनले सुसमाचार संगीत क्षेत्रमा प्रभावशाली सेवा गर्दै आइरहेकी छिन्।
सम्मेलनका विविध सत्रहरूमा स्तुति–आराधना, आत्मिक शिक्षा, प्रेरणादायी सन्देश, बाइबल अध्यान, युवा सशक्तिकरण तथा प्रार्थना सेवा समावेश छन्। सहभागीहरूले आत्मिक जागरण र नवीकरणको गहिरो अनुभव गरिरहेको बताएका छन्।
नेपाल, भूटान, अमेरिका तथा विभिन्न राज्यहरूबाट आएका सेवकहरू, अगुवा, युवा, महिला तथा बालबालिकाको उल्लेखनीय सहभागितासँगै सम्मेलन थप प्रभावकारी बनेको छ। कार्यक्रम जुलाई ५ तारिखसम्म सञ्चालन हुनेछ।
BNCA को यस प्रकारको सम्मेलनले सुसमाचार सेवामा नयाँ ऊर्जा थप्नुका साथै नेपाली ख्रीष्टियन समुदायलाई अन्तर्राष्ट्रिय स्तरमा एकताको सूत्रमा बाँध्न मद्दत पुर्याएको छ।


