अधिकारकाे लागि इसाई समुदायले प्रदेश अर्थ मन्त्री धन बहादुर मास्कीलाई ध्यानाकर्षण पत्र बुझाए
नेपाल ख्रीष्टिय समाज लुम्बिनी प्रदेश र नेपाल राष्ट्रिय मण्डली संगति लुम्बिनी प्रदेशकाे संयुक्त आयोजनामा नेपाल सरकार लुम्बिनी प्रदेशका अर्थ मन्त्री माननीय धनबहादुर मास्कीकाे प्रमुख अतिथि रहनुभएकाे ख्रीषटमसकाे शुभकामना आदानप्रदान कार्यक्रम दाङको भालुवाङ पाैवा हाेटलमा सम्पन्न भएको छ ।
अन्तरधार्मिक सद्वभाव महासंघ नेपालका अध्यक्ष तथा सविधानसभा सदस्य माननीय नजिर मियाँ, सविधानसभा सदस्य तथा नेकपा एमाले अनुशासन विभाग उपाध्यक्ष माननीय नेत्र पन्थी, नेपाल सरकार लुम्बिनी प्रदेश सदस्य माननीय दिलु बुढा, इसाई संघका केन्द्रीय अध्यक्ष तथा भरतपुर महानगरपालिकाकी संस्थापक उपमेयर पार्बती शाह, साहित्यकार, लेखक तथा बाैद्विक क्षेत्रका विज्ञा ऋुषि आजाद, साथै विस्व हिन्दु महासघ, मुस्लिम र, बाैद्विषट धर्मका अगुवाहरू र नेपाल ख्रीष्टियन समाजका केन्द्रीय सल्लाहकार तथा उपमहासचिव ज्युहरु विशिष्ट अतिथि रहनुभएकाे थियो ।
कार्यक्रममा राष्ट्रिय गान र प्रार्थनापछि प्रमुख अतिथिद्वारा केक काटेर ख्रीष्टमसकाे खुशीयाली साटासाट गरियो र प्रमुख अतिथिलाई इसाईहरूले पाउनुपर्ने हक अधिकारकाे बारेमा ध्यानाकर्षण पत्र पढेर सुनाइ हस्तान्तरण गरियो भने प्रमुख अतिथि प्रदेश अर्थमन्त्री धनबहादुर रेस्मीले नेपाल ख्रिष्टियन समाजकाे तर्फबाट दिएकाे ज्ञापन पत्र बुझ्दै नेपाल सबै धार्मिक समुदायकाे साझा भूमि हाे । यहाँ धार्मिक समुदायहरु सार्वभाैम छन् । सबै धार्मिक समुदायलाई आस्था राख्न छुट छ । हाम्राे तर्फबाट गर्नुपर्ने कानुनी संशाेधन र सुधारकाे लागि हामी तयार छाै भनेका छन् । उनले ‘हजुरहरु ढुक्क भएर शान्ति र सद्भावलाई केन्द्रमा राखेर आफ्नाे आस्था प्रकट गर्नुस्’ भन्दै शुभकामना आदान प्रदान गरेका थिए । उनले अन्तर धार्मिक समन्वय महासँघका अध्यक्ष संविधान सभाका सभासद नजिर मियालाई नवसँस्कृति प्रवर्द्वनमा ठाेस काम थाल्नु भएकाेमा धन्यवाद भन्दै शुभकामना प्रदान गरेका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि संविधान सभाका सभासद तथा अन्तरधार्मिक महासङ्घका प्रमुख सल्लाहकार नेत्रप्रसाद पन्थीले धर्म निरपेक्ष भनेकाे परम्परादेखि चलिआएका सबै सनातन धर्ममा आस्था राख्न र मान्न पाउने स्वतन्त्रता हाे भनेका छन् । उनले नेपालकाे संविधान २०७२ ले धार्मिक स्वतन्त्रता प्रदान गरेकाे छ भन्दै सबै धार्मिक समुदायहरु बिच सद्भाव कायम राख्न अन्तर धार्मिक सद्भाव महासङ्घ नेपाल सफल हाेस भन्दै क्रिसमस डे काे सुखद उपलक्ष्यमा शुभकामना आदान प्रदान गरेका थिए ।
त्यसै गरी अन्तरधार्मिक सद्भाव महासङ्घका केन्द्रीय अध्यक्ष नजिर मियाले क्रिसमस डे काे सुखद उपलक्ष्यमा मङ्गलमय शुभकामना व्यक्त गर्दै सबै धार्मिक समुदायले आआफ्नाे धार्मिक आस्था राख्न पूर्ण छुट छ तर कुनै पनि धर्मले समाजमा जबर्जस्त धर्म परिवर्तन गर्न गराउन पाईंदैन भन्दै अन्तरधार्मिक सद्भावलाई मजबुत बनाएर राष्ट्रिय एकतालाई बलियाे बनाउन लागाैं भन्दै आफ्नो भनाइ राखे । नजिर मियाले बडा दशै, क्रिशमस्डे, इद र वैशाख पूर्णिमा गरी विशेषगरी चारवटा चाड पर्वमा आपसी सद्भावकाे लागि सहकार्य गर्ने बताएका छन् ।
कार्यक्रममा प्रदेश सभासद तिलकुमारी बुढाले सबै धार्मिक समुदायका सहभागीहरुलाई सद्भाव शुभकामना प्रकट गर्दै सबै धार्मिक समुदायलाई मूलधारमा हिंडाउन अन्तर धार्मिक सद्भाव महासङ्घ गठन भएकाेमा खुसी व्यक्त गरेकी थिइन् ।
उक्त कार्यक्रममा हिन्दु धर्मका अगुवा शाेभाकर पाैडेल, बुद्धधर्मका यमबहादुर थापा, मुस्लिम धर्मका माैलाना अब्बास र इसाई धर्मका अगुवा हेमदास काे उपस्थित थियो ।

त्यसैगरी लुम्बिनी प्रदेश अन्तरगतका विभिन्न जिल्ला इसाई समाजका अध्यक्षहरू, संघसंस्थाका प्रतिनिधीहरूले अतिथिको आसन ग्रहण गर्नु भएको थियो । कार्यक्रममा संगीत झुन्डद्वारा ख्रीष्टमस गीत र नाचद्वारा मनोरञ्जन गराउनुभएकाे थियो ।
उक्त कार्यक्रममा अन्य वक्ताहरूले याे कार्यक्रम एतिहासिक रहेको र लुम्बिनी प्रदेशबाट नै धार्मिक सहिष्णुताकाे शुरूवात भएको र कसैले चाहदैमा धर्म निरपेक्ष नहट्ने कुरा बताउनुभयो । कसैले कसैलाई विदेशी धर्म भन्न नमिल्ने र कसैको धर्म प्रती इन्कार र अन्याय भए हामी सबै धर्मका एक ठाउँमा उभिन्ने बतनउनुभयो । अब देशमा शान्ति चाहने हाे भने एक ठाउँमा उभिएर सबै धर्मलम्बिहरु अघि बढनु पर्ने कुरा बताउनुभयो ।

नेपाल राष्ट्रिय मण्डली संगति लुम्बिनी प्रदेशका अध्यक्ष रेभ हेमदासले येशुकाे जन्माेत्सवकाे बारेमा प्रष्ट पार्नुभएकाे थियो, नेपाल ख्रीष्टियन समाज लुम्बिनी प्रदेशका अध्यक्ष पा. बाबुराम बस्नेतकाे अध्यक्षयता र उपाध्यक्ष पा. सुवाष ज्ञवलीले कार्यक्रम संचालन गर्नु भएको थियो । करिब १५० जना भन्दा बढीकाे उपस्थितिमा साे कार्यक्रममा सम्पन्न भएको आयाेजकले जानकारी गराए ।















