- समयकुमार रम्तेल
१.हामी इसाईहरू येशूको रित्तो चिहानको सुगन्धमा जीउनेहरू हौं ।
२.इसाईहरूको गौरव र महिमा येशूको रित्तो चिहान हो ।
३.रगतको रातो धर्को उत्पत्तिदेखि प्रकाशसम्म बाइबलभरि नै छ ।
४.येशू ख्रीष्टको मृत्यु र पुनरुत्थान हरेक पापीको निम्ति पर्याप्त छ
५.येशू पुनरुत्थान हुनुभएको उपलक्ष्यमा ईस्टर महोत्सव मनाइन्छ ।
६.पुनरुत्थानको सिद्धान्त नयाँ करारको जगको सिद्धान्त हो ।
७.सु–समाचार चाहिँ कलभरी क्रुसको फेदी र पुनरुत्थानबाट आउँछ ।
८.इसाई मत मात्र एउटा यस्तो मत हो जसका जन्मदाता अहिलेसम्म जीवित छन् ।
९.संसारको पूरा इतिहासमा सबैभन्दा महत्वपूर्ण घटना ख्रीष्टको पुनरुत्थान हो ।
१०.प्रार्थनाको शक्तिबाहेक संसारमा अर्को सबभन्दा ठूलो शक्ति पुनरुत्थान हो ।
११.यदि येशूको शरीर चिहानमै सडेको भए उहाँको प्रतिज्ञा पनि सड्ने थियो ।
१२.पुनरुत्थान एक अझ बढी शक्तिशाली शक्ति हो जसले चिहानको शक्तिलाई तोड्दछ ।
१३.संसारको सवभन्दा शक्तिशाली विजयी हुने मृत्युको हार भएको छ किनकी येशूले मृत्युलाई जित्नुभयो ।
१४.येशू पुनरुत्थान भएर ४० दिनसम्म देखापर्दै अचुक प्रमाण दिदै सबैको सामुबाट स्वर्गारोहण हुनुभयो ।
१५.पुनरुत्थानद्वारा येशूले परमेश्वरका पुत्र हुनुहुन्छ भनेर प्रमाणीत गर्नुभयो ।
१६.उहाँको पुनरुत्थान भएको कारणले, हामीले पनि अनन्त जीवनको आशा पाएकाछौं ।
१७.पुनरुत्थानले शरीर कुहुने वैज्ञानिक नियम, पृथ्वीको गुरुत्वाकर्षण अनि मृत्युमाथि ख्रीष्टको प्रभुत्व प्रदर्शन गरेको छ ।
१८.ईस्टर महोत्सव भित्र लुकेको पुनरुत्थानको रहस्यलाई हामी सबैले बुझ्नु आवश्यक छ ।
१९.संसारमा सबै धर्मी भएर तपाईं मात्र पापी हुनुभएको भए पनि येशू मरेर पुनरुत्थान हुनुहुन्थ्यो ।
२०.येशू चिहानबाट नबौरेको भए, हामी सबै भन्दा अभागी हुने थियौं, किनकि हामी अझसम्म पापमा नै हुने थियौं ।
No Result
View All Result