BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

0

रोचेस्टर, अमेरिका – जुलाई ५, २०२५

भूटानी नेपाली चर्च अमेरिका (BNCA) को १२औं सम्मेलनको अवसरमा संघको आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरिएको छ। पास्टर शान राई नयाँ कार्यकालका लागि अध्यक्ष पदमा निर्वाचित भएका छन्। उनीसँगै पास्टर राजु रमदाम महासचिव र पास्टर गोबर कोषाध्यक्ष पदमा चयन भएका छन्।

यस अवसरमा पूर्व अध्यक्ष पास्टर भद्र राई को दीर्घकालीन नेतृत्व, आत्मिक सेवा र सुसमाचार प्रचारप्रतिको समर्पणप्रति विशेष धन्यवाद व्यक्त गरिएको थियो। नव–निर्वाचित अध्यक्ष शान राईले “BNCA लाई आत्मिक एकता, सेवाको दायित्व र नयाँ पुस्तासम्म विश्वासको विरासत पुर्‍याउने” प्रतिबद्धता व्यक्त गरेका छन्। सम्मेलनमा सहभागी सेवक, अगुवा तथा विश्वासीलगायत सम्पूर्ण प्रतिनिधिहरूले नयाँ नेतृत्वलाई बधाई ज्ञापन गर्दै आगामी यात्रामा आत्मिक सहकार्यको अपेक्षा गरेका छन्।

नव निर्वाचित अध्यक्ष पास्टर शान राई, महासचिव पास्टर राजु रमदाम र कोषाध्यक्ष पास्टर गोबरलाई हाम्रो तर्फाबाट पनि  हार्दिक बधाई तथा सुभकामना !!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here