Saturday, October 18, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home जीवन साक्षी

३८ देशमा फैलियो कोरोनाको नयाँ सब–भेरियन्ट जेएन.१, विज्ञ भन्छन्– नेपालले नजरअन्दाज गर्नु हुँदैन

आशिष सम्बाददाता by आशिष सम्बाददाता
December 21, 2023
in जीवन साक्षी, प्रभाव, शिक्षा, समाचार
३८ देशमा फैलियो कोरोनाको नयाँ सब–भेरियन्ट जेएन.१, विज्ञ भन्छन्– नेपालले नजरअन्दाज गर्नु हुँदैन
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । भारतमा कोरोनाको नयाँ उप–प्रजाति फैलिएसँगै नेपालमा यसको जोखिमलाई लिएर चासो बढेको छ । भारतमा जेएन.१ बाट चारजनाको मृत्यु भइसकेको छ । बुधबारसम्म कोरोनाको यो भेरियन्ट ३८ मुलुकमा फैलिएको छ ।
 
अघिल्ला लहरहरूको अनुभव र भारतसँगकोे खुला सीमाका कारण नेपालले यसलाई नजरअन्दाज गर्न नहुने विज्ञहरूको जोड छ । 

३८ देशमा फैलियो जेएन.१
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले हाल देखिएको जेएन.१ लाई यसअघि देखिएको ओमिक्रोनको उप–प्रजाति बीए.२.८६ कै समूहको सब–भेरियन्ट भएको जनाएको छ ।

डिसेम्बर पहिलो साता अमेरिकाले यसलाई जेएन.१ को रुपमा पुष्टी गरेको थियो । त्यसयता अमेरिकाका मध्यपश्चिमी सहरहरूमा यो भेरियन्ट देखिइरहेको छ । १९ डिसेम्बरसम्म आइपुग्दा फ्रान्स, अमेरिका, क्यानडा, बेलायत, स्वीडेन, सिंगापुर, चीन, बेल्जियम र भारतसहित ३८ देशमा यो सब–भेरियन्ट देखिएको छ । 

भारतमा बुधबारसम्म चारजनाको जेएन.१ संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । मन्त्रालयको बुधबारको तथ्यांक अनुसार भारतमा अहिले पनि कोरोनाका दुई हजार ३११ सक्रिय संक्रमित छन् । विशेषगरी गोआ, केरला, महाराष्ट्रलगायत सहरमा संक्रमण बढिरहेको छ । 

नयाँ सब–भेरियन्ट कति घातक ? 
यो सब भेरियन्टलाई डब्लूएचओले ‘भेरियन्ट अफ इन्ट्रेस्ट’को वर्गमा राखेको छ । डब्लूएचओले चासो राखेको तर तत्काल जनस्वास्थ्यमा उच्च जोखिम ननिम्त्याउने प्रकृतिका भाइरस प्रजातिहरूलाई भेरियन्ट अप इन्ट्रेस्टमा राख्ने गरेको छ । जसमा विशेषता बदलेर उप–प्रजाति बनेका र नयाँ रूपमा देखिएका एउटै समूहका सब–भेरियन्टहरू पर्दै आएका छन् । 

डब्लूएचओका अनुसार अहिलेको अवस्थालाई हेर्दा जेएन.१ को जनस्वास्थ्यमा कम जोखिम देखिन्छ । यूएस सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन्सन (सीडीसी)का अनुसार डिसेम्बरको पहिलो साता अमेरिकामा देखिएका कोरोना केसमध्ये १५ देखि २० प्रतिशतमा जेएन.१ पुष्टी भएको थियो । 

भारतमा देखिएका संक्रमितमा यसअघिका ओमिक्रोन र डेल्टाको संक्रमणमा देखिएजस्ता जटिल लक्षण नदेखिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

भारतमा हाल संक्रमण भएकाहरूमा ज्वरो, रुघाखोकी, घाँटी दुख्ने, टाउको दुख्नेजस्ता लक्षण नै देखिएको म्याक्स अस्पतालका वरिष्ठ कन्सल्टेन्ट डा. रजनीश श्रीवास्तवले द इकोनोमिक टाइम्स्सँग बताएका छन् । यस्ता लक्षण ४ देखि ५ दिन देखिने र केही संक्रमितमा स्वासप्रस्वासमा समेत समस्या निम्त्याएको उनको भनाइ छ । 

नेपालमा कति जोखिम ? 
कोरोनाका तीनवटा लहरलाई हेर्दा नेपाल–भारत खुला सीमाकै कारण संक्रमण बढी भित्रिएको तथ्यांक छ । हाल देखिएको जेएन.१ जनस्वास्थ्यका हिसाबले उच्च जोखिमपूर्ण नभए पनि ढिलोचाँडो भारतबाट नेपाल भित्रिने जोखिमलाई नकार्न नमिल्ने विज्ञहरु बताउँछन् । 

“जेएन.१ नयाँ सब–भेरियन्ट होइन, विभिन्न देशमा देखिइरहेकै हो । तर भारतमा फैलिनुले हाम्रा लागि विशेष अर्थ राख्छ । अघिल्ला लहरहरूको अनुभव हेर्ने हो भने नेपालमा ढिलोचाँडो आउँछ,” वरिष्ठ संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुन भन्छन्, “आजसम्मको लक्षण हेर्दा जटिल देखिँदैन  । तर हामीले पूर्णरुपमा नजरअन्दाज गर्न मिल्दैन ।”

विशेषगरी सीमानाका र नयाँ लक्षण बोकेका व्यक्तिमा सरकारले निगरानी बढाउनुपर्ने उनको भनाइ छ । कतिपय अवस्थामा सब–भेरियन्टका फरक लक्षण देखिँदा वा कमजोर प्रतिरोध प्रणाली भएका व्यक्तिमा यसले जोखिम निम्त्याउनसक्नेमा सजग रहनुपर्ने डा. पुनको  सुझाव छ । 

‘प्रयोगशालाले निगरानी गरिरहेको छ’ 
नेपालमा लामो समयदेखि कोरोना संक्रमण नदेखिएको अवस्थामा नयाँ सब–भेरियन्टलाई नजिकबाट नियालिरहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला एनपीएचएलकोले जनाएको छ । एनपीएचएलका सूचना अधिकारी कृष्णप्रसाद जैशी पछिल्लो समय नेपालमा कोरोनाको कुनै नयाँ सब–भेरियन्ट नदेखिएको बताउँछन् । 

“स्वासप्रस्वासजन्य संक्रमणहरूमा हामीले निरन्तर जिन सिक्वेन्सिङमार्फत् भेरियन्ट पहिचान गरिरहेका छौँ, नेपालमा पछिल्लोपटक कुनै नयाँ सब–भेरियन्ट वा जोखिमयुक्त भेरियन्ट फेला परेको छैन”, जैशी भन्छन् । 

असोजयता कोरोना संक्रमण पुष्टी भएका १२ वटा नमूनामाथि जिन सिक्वेन्सिङ भइरहेको उनले जानकारी दिए । 

Previous Post

नेप्से ३५ अंकले वृद्धि, सात अर्ब ९५ लाख बराबरको कारोबार

Next Post

नागरिकमा विश्वास भर्न असफल सरकार

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
नागरिकमा विश्वास भर्न असफल सरकार

नागरिकमा विश्वास भर्न असफल सरकार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025
बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

बेलायतमा जफत भएका नक्कली खेलौनामध्ये ९० प्रतिशत लाबुबुका

September 25, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

एनसीएफ नेपालको विशेष साधारण सभा सम्पन्न, निर्वाचन मण्डल गठन

October 10, 2025
नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

नेपालमा अझै एक हप्ता मनसुन सक्रिय रहने

September 25, 2025
फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

फागुन २१ गतेअघि अर्को निर्वाचन गर्नुपर्ने बाध्यतामा सरकार

September 25, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In