१२औं बीएनसीए सम्मेलन २०२५ रोचेस्टरमा भव्यताका साथ सुरु

0

रोचेस्टर, अमेरिका – जुलाई ३, २०२५
भुटानी नेपाली चर्च अमेरिका (BNCA) को आयोजनामा १२ औं बीएनसीए सम्मेलन २०२५ न्यूयोर्क राज्यको रोचेस्टरस्थित Browncroft Community Church मा आजबाट भव्यताका साथ सुरु भएको छ। सम्मेलनमा नेपाल, भुटान, अमेरिका र अमेरिकाको विभिन्न प्रान्तहरुबाट प्रतिनिधिहरु सहभागी भएकाछन ।“The Gospel and Me” (सुसमाचार र म) भन्ने मूल विषयवस्तुमा आधारित यो सम्मेलनले विश्वभरबाट आएका नेपाली ख्रीष्टियन विश्वासीलाइ आत्मिक एकता, सुसमाचारको गहिरो सन्देश र पवित्र आत्माको सामर्थ्यमा बाँध्ने उद्देश्य लिएको छ।

कार्यक्रमको उद्घाटन स्तुति-आराधना, स्वागत मन्तव्य र प्रार्थनासहित सम्पन्न भयो । सम्मेलन स्थलमा उपस्थित सयौं सहभागिहरूको अनुहारमा देखिएको उत्साह, पवित्र आत्माको अनुभूति र संगतिको जोशले कार्यक्रममा विशेष आत्मिक उर्जा थपेको देखिन्थ्यो। सम्मेलनमा प्रमुख वक्ताहरूका रूपमा पास्टर सिलास थापा (Atlanta, GA) डा. नोर्बु तामाङ (Columbus, OH) पास्टर दिनेश राई (Rochester, NY) पास्टर सामुएल सिन्चुरी (Akron, OH)
रहनु भएको छ । उहाहरूले आत्मिक सन्देशमार्फत सहभागीहरूलाई सुसमाचारको शक्ति र व्यक्तिगत परिवर्तनबारे गहिरो सिकाइ प्रदान गर्नु हुनेछ ।

जुलाई ३ देखि ५ सम्म चल्ने सम्मेलनमा स्तुति-आराधना, प्रेरणादायी सन्देश, आत्मिक गोष्ठी, युवा र बाल कार्यक्रम लगायत विभिन्न सत्रहरू संचालन हुनेछन्। कार्यक्रमले सहभागीहरूलाई ख्रीष्टियन जीवनमा नयाँ दृष्टिकोण, उत्साह र नवीकरण दिने विश्वास गरिएको छ। १२औं बीएनसीए सम्मेलन २०२५ ले सुसमाचारको सन्देशलाई आत्मसात गर्दै विश्वभर छरिएका नेपाली ख्रीष्टियनहरूबीच एकता, प्रेम र आत्मिक जागरणको नयाँ अध्याय सुरु गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here