एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

0

ललितपुर । लयर्स, प्रहरी तथा पत्रकारहरूको साझा संगठन एलपीजे फेलोशिप नेपालले आफ्नो सातौँ वार्षिकोत्सव विविध कार्यक्रमका साथ सम्पन्न गरेको छ।

ख्रीष्टियन आस्थामा आधारित वकिल, पत्रकार र पूर्व प्रहरीहरूको साझा संगठनका रूपमा स्थापित एलपीजे फेलोशिप नेपालको वार्षिकोत्सव कार्यक्रम भदौ १७ गते सानेपामा सम्पन्न भयो। कार्यक्रममा नेपाली कांग्रेस मोरङ जिल्ला सभापति तथा सांसद डिकबहादुर लिम्बु प्रमुख अतिथि रहनु भएको थियो भने फेलोशिपका अध्यक्ष अधिवक्ता दिनेश न्यौपानेले अध्यक्षता गर्नुभएको थियो।

उक्त अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मिहिर ठाकुर, प्रतिनिधिसभा तथा राष्ट्रिय सभाका सदस्यहरू, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद बाग्चन, आदिवासी जनजाति नेता आङकाजी शेर्पा, साथै अधिवक्ता, पत्रकार, पास्टर र सामाजिक अभियन्ताहरूको उल्लेखनीय उपस्थिति रहेको महासचिव अधिवक्ता रामेश्वरी जोशीले जानकारी दिनुभयो।

एलपीजे फेलोशिप नेपालले ख्रीष्टियन विश्वासका कारण सतावटमा परेकाहरूको पक्षमा आवाज उठाउँदै अल्पसंख्यक समुदायको अधिकार र न्यायको पैरवी गर्ने साझा मंचको रूपमा आफूलाई स्थापित गर्दै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here