१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

0

रोचेस्टर, अमेरिका – जुलाई ५, २०२५
भूटानी नेपाली चर्च अमेरिका (BNCA) को आयोजनामा न्यूयोर्कको Browncroft Community Church मा सम्पन्न भएको १२ औं भूटानी नेपाली सम्मेलन २०२५ आत्मिक उत्साह, एकता र प्रेरणासाथ सम्पन्न भयो।
“The Gospel and Me” मूल विषयमा आधारित तीनदिने सम्मेलनमा अमेरिका, नेपाल, भुटान लगायत विभिन्न राज्यहरूबाट भूटानी नेपाली विश्वासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

सम्मेलनको विशेष सत्रमा चर्च सेवामा योगदान पुर्‍याउने पास्टर भद्र राई (BNCA अध्यक्ष) र गायिका लिडिया राई लाई गोल्डेन अवार्ड प्रदान गरियो।
अध्यक्ष राईले विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गर्नुका साथै आगामी वर्षका लागि नयाँ योजना घोषणा गरे।

सम्मेलनमा अगुवा, सेवक र स्वयंसेवकहरूलाई सम्मान गरिनुका साथै संगीत झुण्डद्वारा प्रस्तुत स्तुति–आराधनाले सहभागीहरूलाई आत्मिक रूपमा छोयो।
कार्यक्रमको समापनमा अध्यक्ष राईले सबैलाई धन्यवाद दिँदै सुसमाचार सेवामा सहकार्य र एकताको आवश्यकता औंल्याए।

साथै, BNCA को नयाँ अध्यक्षमा पास्टर शान सर्वसम्मत रूपमा चयन गरिएका छन्। सम्मेलनले भूटानी नेपाली ख्रीष्टियन समुदायमा आत्मिक जागरण र एकता सुदृढ बनाएको सहभागीहरूले बताएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here