Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

लेखक कमल अधिकारीद्वारा लिखित पुस्तक बाइबलको विश्वव्यापी प्रभावबारे संक्षिप्त जानकारी

Sojan Poudel by Sojan Poudel
November 24, 2021
in विचार/लेख
लेखक कमल अधिकारीद्वारा लिखित पुस्तक बाइबलको विश्वव्यापी प्रभावबारे संक्षिप्त जानकारी
0
SHARES
240
VIEWS
Share on FacebookShare on Twitter

आज नेपाली ख्रीष्टियान जगतले नयाँ पुस्तक पाएको छ । पुस्तकको नाउँ रहेको छ: बाइबलको विश्वव्यापी प्रभाव । नेपाली लेखकहरूद्वारा नेपाली भाषामा नेपालीहरूका लागि लिखित यो कृति बाइबलको बारेमा हो ।

यस पुस्तकमा योगदान पु-याउने २४ जना योगदानकर्ताले नेपालका ६ ओटा प्रदेशको प्रतिनिधित्व गर्छन् । फरक–फरक पृष्ठभूमि र भूगोलका लेखकहरूद्वारा लेखिएको भए तापनि सबै पाठ एउटै ढाँचामा छन् । प्रत्येक पाठमा तपाईंले शीर्षक, परिचय, मुख्य भाग र निष्कर्ष पाउनुहुने छ । हरेक पाठको मुख्य भागलाई ७ ओटा बुँदामा विभाजन गरिएको छ ।

यस कृतिमा जम्माजम्मी ५ ओटा भाग छन् । संसारका सबै धर्मशास्त्र र पुस्तकहरूभन्दा बाइबल कसरी फरक छ भनी पहिलो भागमा प्रस्ट पारिएको छ । यसका ६ ओटामध्ये पहिलो पाठले अनेकताका बाबजुद पनि बाइबलमा एकत्व पाइन्छ भनी सम्बोधन गर्छ भने प्रचार–प्रसारको दुनियाँमा बाइबलले इतिहास रचेको छ भनी दोस्रो पाठमा चर्चा गरिएको छ ।

तेस्रो पाठ बाइबलको अनुवादसित सम्बन्धित छ जहाँ मानव इतिहासमा बाइबल सबैभन्दा बेसी अनुवाद भएको पुस्तक हो भन्ने तथ्याङ्क प्रस्तुत छ भने चौथो पाठमा मनग्गे सतावटको बाबजुद पनि बाइबल अविनाशी पुस्तक हो भनी छर्लङ्ग पारिएको छ । पाठ पाँचमा बाइबलको ईश्वरीय प्रेरणाको एउटा मजबुतको साक्षीको रूपमा पूरा भएका भविष्यवाणीहरूलाई प्रस्तुत गरिएको छ भने पाठ छमा बाइबललाई अन्य धर्मग्रन्थहरूसित तुलना गरिएको छ ।

बाइबल वैज्ञानिक पुस्तक हो भनी भाग दुईमा दाबी गरिएको छ । हामीलाई थाहा छ कि बाइबल कुनै वैज्ञानिक पाठ्यपुस्तक भने होइन । तरै पनि यसले विज्ञानसित सम्बन्धित विषयहरूबारे उल्लेख गर्दा यो शानदार ढङ्गमा साँचो साबित भएको छ । बाइबल प्राचीन धार्मिक ग्रन्थ भए तापनि आधुनिक औषधी विज्ञानले प्रमाणित गरेका तथ्यहरू यसमा पाइन्छन् भनी पाठ सातमा पढ्न पाइन्छ ।

पाठ आठले खगोल विज्ञानबारे सम्बोधन गर्छ जसमा कतिपय खगोल विज्ञानसित सम्बन्धित तथ्यहरू बाइबलमा हजारौँ वर्ष पहिले नै लेखिएका थिए भनी जिकिर गरिएको छ । पाठ नौमा बाइबलमाथि विश्वास गर्ने वैज्ञानिकहरूको सङ्क्षिप्त जीवनी पाउनुहुन्छ जसले बाइबल सामान्य पुस्तक मात्र नभई वैज्ञानिहरूले पनि विश्वास गर्ने उच्च कोटीको ग्रन्थ रहेछ भनी पाठकलाई विश्वस्त पार्न खोज्छ ।

भाग तीनले बाइबललाई ऐतिहासिक रचनाको रूपमा उभ्याउँदछ । बाइबल एउटा यस्तो ग्रन्थ हो जसमा भूगोलसाथै व्यक्तिका नाउँहरू र विविध संस्कृतिको बारेमा उल्लेख गरिएको छ । आधुनिक पुरातत्त्वविद्याले पुरानो र नयाँ करारमा उल्लिखित कैयौँ ऐतिहासिक सन्दर्भहरूको एकपछि अर्को गर्दै पुष्टि गरिरहेको छ भनी पाठहरू दश र एघारमा प्रस्ट पारिएको छ । पाठहरू बा-ह र तेह बाइबलको विश्वसनियतासित सम्बन्धित छन् । अन्य ऐतिहासिक कृतिहरूको जस्तै हामीसित बाइबलको पनि अटोग्राफ अर्थात् मूल पाण्डुलिपि छैन ।

हामीसँग बाइबलका मूल लेखकहरूद्वारा लिखित दस्ताबेजहरूका प्रतिलिपि मात्र छन् । तब स्वाभाविक प्रश्नको उदय हुन्छः के हामीले एक्काइसौँ शताब्दीमा पढ्ने बाइबल सही प्रकारले प्रतिलिपि हुँदै हाम्रो हातमा आइपुगेको छ त ? पाठहरू बा¥ह र ते¥हले तपाईंलाई सकारात्मक उत्तर दिन्छन् । बाइबलका लेखकहरूले जस्तो लेखेका थिए सारमा त्यस्तै वचन हामीसम्म आइपुगेको छ भनी अध्ययनले देखाएको छ भनी यी दुवै पाठमा छर्लङ्ग पारिएको छ ।

भाग चार बाइबलको प्रभावसित सम्बन्धित छ । यसमा जम्माजम्मी आठवटा पाठ छन् । बाइबल संसारमा सर्वाधिक प्रभावशाली पुस्तक हो भन्ने दाबीमा थोरैले मात्र बादविवाद गर्लान् । साहित्य, सङ्गीत, सभ्यता, आधुनिक विज्ञान, राजनीति, मानव अधिकार, परोपकारी अभ्यास, नैतिक शिक्षामा बाइबलको उल्लेखनीय प्रभाव देख्न पाइन्छ भनी यस भागमा चर्चा गरिएको छ ।

बाइबल परिवर्नत गर्ने पुस्तक हो भनी भाग पाँचले प्रस्ट पार्छ । बाइबलले मानिसहरूका जीवन मात्र परिवर्तन गरेको छैन तर समाजहरू पनि रूपान्तरण गरेको छ र बाइबलकै मूल्य–मान्यतामा आधारित रहेर मानव इतिहासमा अभ्यास गरिँदै आएका कुरीतिहरू पनि उन्मूलन भए भनी यस भागमा उल्लेख गरिएको छ । यो मेरो १६९ औँ सम्पादित पुस्तक हो ।

Previous Post

बन्दी प्रत्यक्षीकरणबाहेकका मुद्दा सुनुवाइमा सहभागी नहुने न्यायाधीशबीच सहमति

Next Post

पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल कैद र २० हजार जरिवाना

Sojan Poudel

Sojan Poudel

Next Post
पास्टर केशव आचार्य पुनः पक्राउको सर्वत्र विरोध, समाजले निकाल्यो विज्ञप्ती

पास्टर केशवराज आचार्यलाई २ वर्ष जेल कैद र २० हजार जरिवाना

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In