Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

राष्ट्रियसभा निर्वाचन : एमाले किन गठबन्धनको शरणमा ?

आशिष सम्बाददाता by आशिष सम्बाददाता
January 4, 2024
in Politics, Politics, प्रभाव, विशेष, संचार, समाचार, सरकार
राष्ट्रियसभा निर्वाचन : एमाले किन गठबन्धनको शरणमा ?
0
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं : राष्ट्रियसभा सदस्य निर्वाचनमा शक्ति संकुचन हुने स्थिति आएपछि प्रमुख प्रतिपक्षी नेकपा एमाले सत्तारुढ गठबन्धनको शरणमा पुगेको छ। आगामी २० फागुनदेखि पदावधि सकिने २० राष्ट्रियसभा सदस्यमध्ये अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रपतिबाट मनोनीत विमला राई पौड्यालसहित एमालेका मात्रै ९ सांसद छन् ।

वर्तमान सत्ता गठबन्धनविरुद्ध बेग्लाबेग्लै चुनावमा जाँदा अहिले १७ सिट रहेको एमाले आगामी २१ फागुनदेखि ८ सिटमा खुम्चिने छ । त्यसो हुँदा राष्ट्रियसभामा एमाले एकीकृत समाजवादीभन्दा सानो हुनेछ।

जसकारण शक्ति शंकुचन हुन नदिन एमालेले राष्ट्रियसभाका लागि सत्ता गठबन्धनसँगै कम्तिमा ६ सिटका लागि बार्गिनिङ गरिरहेको छ ।

माथिल्लो सभा भएकाले राष्ट्रिय सहमतिका निम्ति आफूहरूले प्रस्ताव गरेको एमाले सचिव पद्मा अर्यालले बताइन् । ‘उपल्लो सभा भएकाले दलीय हिसाबले मिलरेर जाउँ भन्ने एमालेको प्रस्ताव हो’, थाहाखबरसँग उनले भनिन् ।

यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफूहरूलाई शून्य पारेर अघि नबढ्न आग्रह गरेका थिए ।

एमालेको प्रस्तावबारे गठबन्धनभित्र छलफलले तीव्रता पाए पनि मतैक्य हुन सकेको छैन । खासगरी एमालेबाटै विद्राेह गरेर बनेको दल नेकपा एकीकृत समाजवादी एमालेलाई सिट दिन तयार छैन ।

बुधबार र बिहीबार (आज) बसेको गठबन्धन बैठकमा अध्यक्ष माधव नेपाल एमालेलाई सिट दिने विषयमा खह्रो रुपमा प्रस्तुत भए। उनले एमालेलाई सिट भाग लगाउनुपर्ने कारण र बाध्यताबारे प्रश्न उठाइरहेका छन्।

एकीकृत समाजवादीबाहेक कांग्रेस, माओवादी, जसपालगायतका दल भने संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी)का सन्दर्भमा एमाले सहमत भए सिट .छुट्याउन सकारात्मक देखिएका छन् ।

‘राष्ट्रिय सभामा सिट पाउन टीआरसीको अडानबाट एमाले हटेको हो ?’ भन्ने थाहाखबरको प्रश्नमा एमाले सचिव अर्यालले आफूहरू कहिल्यै यसमा बाधक नबनेको बताइन् ।

‘हामी शान्ति प्रक्रियाको बाधक होइन, हामी साधक नै हौं। अहिलेसम्म रोकिएको पनि हाम्रो कारणले होइन । अरुकै कारणले हो’, उनले भनिन्, ‘पास नगर्ने कुरा त छँदै छैन। नमिलेका कुरा मिलाएर जाऔं भन्ने मात्रै हाम्रो कुरा हो ।’

एमाले राष्ट्रियसभामा भाग मागेपछि सत्तारुढ गठबन्धनले टीआरसीकै विषय टुंग्याउन सहयोग गर्न भनेको छ । प्रचण्डले आफू प्रधानमन्त्री बनेयता यसलाई प्राथमिकता दिँदै आए पनि एमाले विधेयकका केही बुँदामा सहमत नहुँदा टीआरसी अघि बढ्न सकेको छैन ।

एमालेले खासगरी हत्या भएका विषयलाई गम्भीर मानवअधिकार उल्लंघन नभनी मानव अधिकार उल्लंघन मात्रै भनेर पीडकलाई उन्मुक्ति दिने खोजिएको भनेर असहमति प्रकट गर्दै आएको थियो । तर राष्ट्रियसभामा आफूले मागेजति सिट पाए यसअघि अडान राख्दै आएका बुँदाहरूमा लचकता अपनाउने देखिएको छ ।

Previous Post

न्याय परिषद्को निर्णयसँगै आयोगले फेर्‍यो निर्वाचन अधिकृत, को-कहाँ ?

Next Post

राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

राष्ट्रियसभा निर्वाचन : आयोगले सातै प्रदेशमा फेर्यो  निर्वाचन अधिकृत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In