Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home Politics

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

आशिष संवाददाता by आशिष संवाददाता
December 3, 2023
in Politics, आशिष, प्रभाव, समाचार, समाज
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद
0
SHARES
892
VIEWS
Share on FacebookShare on Twitter


आशिष संवाददाता, १७ मंसिर, २०८० काठमाण्डौ l नेपाल राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ नेपाल) तथा नेपाल ख्रीष्टियन समाज (एनसिएस) द्वारा संयुक्तरूपमा एक कार्यक्रमका साथ् आज ललितपुरमा नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद (National Christian Advisory Council of Nepal) को घोषणा गरेका छन् l

नेपाल राष्ट्रिय मण्डली सङ्गति (एनसिएफ नेपाल) का तर्फबाट रेभ. हनोक तामाङ र नेपाल ख्रीष्टियन समाज (एनसिएस)को तर्फबाट रेभ. ओम प्रकाश सुब्बा दुवै जनाले संयुक्त रुपमा नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद (National Christian Advisory Council of Nepal) घोषणा गर्नुभएको हो l

वर्तमान समयमा पनि प्रभुका जनहरूले के के गर्ने वा नगर्ने भन्ने विषयमा आवश्यक मार्ग निर्देशन दिन र हरेकले परमेश्वरको वचन बाइबलअनुसारको जीवन यापन गर्नका लागि सरसल्लाह, परामर्श दिन परिषद्कोे आवश्यकता महसुस गरी नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद्कोे स्थापना गरिएको परिषदले जनाएका छन् l कार्यक्रममा बोल्नुहुँदै एनसिएस नेपालका महासचिव रेभ. डिल्ली राम पौडेलले आफूहरूले विगत देखि नै मण्डलीको हितको लागि कसरि अगाडी बढ्ने भनि निरन्तर छलफल गर्दै आएको र त्यसैको परिणाम स्वरूप आज परिषद घोषणा भएको बताउनु भयो l उहाँका अनुसार नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषदले विगत ५ वर्ष देखि नै नेपाली ख्रीष्टियन समुदायमा काम गर्दै आइरहेको समेत बताउनु भयो l कार्यक्रममा समाजका गण्डकी प्रदेश अध्यक्ष रेभ. के. पी त्रिपाठीले सो परिषदको लागि शुभकामना मन्तव्य राख्नु भएको थियो l

सो कार्यक्रममा डा. सिमोन पाण्डेले प्रार्थना गर्नु भएको थियो भने रेभ. डा. ओम प्रकाश सुब्बाले वचनको सेवा गर्नु भएको थियो भने परिषदको लागि रेभ. अब्दियल मुखियाले प्रार्थना गर्नु भएको थियो l त्यस्तै, पास्टर, राजेन्द्र मल्लले स्वागत मन्तव्य राख्नु भएको थियो भने रेभ. डिल्ली राम पौडेलले धन्यवाद ज्ञापन र रेभ. सामुयल सोदेम्बाले आशिर्वादको प्रार्थना गर्नुभएको थियो l

नेपालमा राष्ट्र्रिय तहमा कार्यरत नेपाल राष्ट्र्रिय मण्डली सङ्गति, नेपाल ख्रीष्टियन समाज तथा अन्य समुहहरूको निम्ति अविभावकीय भूमिका निर्वाह गर्ने, नेपाली मण्डली तथा ख्रीष्टियन संघ-संस्थाहरूबिच आपसी सद्भाव, मिलाप र एकता कायम राख्नमा बाधा ल्याउन सक्ने तत्कालीन समस्याहरूका विषयमा आवश्यक अध्ययन-अनुसन्धान गरी सरसल्लाह र अनुशासन कायम राख्न आवश्यक निर्देशन दिने, नेपाली मण्डलीको एउटै आवाज र धारणा बनाइराख्नुपर्ने अवस्थामा प्रभावकारी नेतृत्वदायी विचार प्रवाह गर्ने साथै समुदायमा आइलाग्ने विदास्पद शिक्षा तथा अभ्यासका बारेमा बाइबलीय दृष्टिकोण स्थापित गराउन नेतृत्व प्रदान गर्ने, ख्रीष्टियन संघ-संस्थाहरूका बिचमा समन्वयकारी भूमिका निर्वाह गर्ने, झुटा शिक्षाको प्रभावलाई निरुत्साहित गर्नका लागि आवश्यक पहलकदमी गर्ने, राष्ट्र्रिय तथा अन्तर्राष्ट्र्रिय क्षेत्रमा ख्रीष्टियनहरूको प्रतिनिधित्व गर्नका लागि सिफारिस गर्ने, नेपाल राष्ट्रिय मण्डली सङ्गति तथा नेपाल ख्रीष्टियन समाजबिच २०७५ सालमा गरिएको दश बुँदे सहमति पूर्ण रूपमा पालन गर्न र आ-आफ्ना संस्थाका उद्देश्यहरू अनुरूप नेपाली मण्डलीहरूका हकहितका पक्षमा काम गर्न समय समयमा उत्साह दिने र सचेत गराउने लगायतका उद्धेश्यहरू नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद रहने छन् l

त्यस्तै गरि, परिषद्कोे गठनका निम्ति एक संयोजकसहित कम्तीमा २१ देखि बढीमा ३५ सदस्यहरू रहेको एक सल्लाहकार परिषद् गठन गरिने र स्थानीय मण्डलीमा पास्टरीय सेवाका लागि अभिषेक भई कम्तीमा २५ वर्ष वा अन्य सामाजिक संघ-संस्थाहरूमा कम्तीमा २५ वर्ष निरन्तर सेवा गरेको व्यक्ति हुनपर्ने र उमेरको हदमा ५० वर्ष नाघेको र काम गर्न सक्ने अवस्थामा रहेको व्यक्ति हुनुपर्ने मापदण्ड तय गरिएको छ l

परिषद गठनका लागि नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजको कार्यकारिणी समितिले सिफारिस गरी पठाएका व्यक्तिहरूको एक सल्लाहकार परिषद्’ गठन गरिने छ र यही प्रक्रिया अन्य समयमा पनि लागु हुने र त्यसपछि सोही सल्लाहकार परिषद्ले आवश्यकताअनुसार सदस्यहरूको मनोनयन गर्न सक्ने र मनोनित सदस्यहरूको निम्ति निजले प्रतिनिधित्व गर्ने मण्डली समूह, संस्था वा सम्प्रदायबाट स्वीकृत गराएर मात्र सो काम गरिने परिषदले जनाएका छन् l

त्यस्तै गरि, सल्लाहकार परिषद् सदस्यहरूमध्येबाट एक जनालाई ‘संयोजक’ र अर्कोलाई ‘सदस्य सचिव’ को जिम्मेवारी दिइने र परिषद्का संयोजक र सदस्य सचिवको जिम्मेवारीमा आलोपालो प्रक्रियाअनुसार एक कार्यकाल २ वर्षको हुने र सो कार्याकाल पूरा भएपछि लगातार सोही जिम्मेवारी लिन नपाउने व्यवस्था मिलाइने र परिषदमा नेपाल राष्ट्रिय मण्डली सङ्गति र नेपाल ख्रीष्टियन समाजका बहालवाला अध्यक्षहरू स्वतः पदेन सदस्य हुने छन् ।

Previous Post

भूकम्प पीडितका लागि व्यक्तिगत वा संस्थागत रूपमा राहत नउठाउन कास्की प्रशासनको अनुरोध

Next Post

एनसेल बिक्री रातारात भएको होइन, राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
एनसेल बिक्री रातारात भएको होइन, राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

एनसेल बिक्री रातारात भएको होइन, राजनीतिक र प्रशासनिक नेतृत्वको साँठगाँठ छ : गगन थापा

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In