Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

आशिष संवाददाता by आशिष संवाददाता
February 16, 2022
in विचार/लेख
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका
0
SHARES
454
VIEWS
Share on FacebookShare on Twitter

सचिव मनोज सुबेदी जनजागरण पार्टी नेपाल स्थाई समिति

युवा शब्द सुन्नेबित्तिकै हाम्रो मनमस्तिष्कमा जोशजाँगर र उमङ्गले भरिएको एउटा मानवचित्र नाच्न थाल्छ । यस्तो किन पनि हुन्छ भने आजसम्म मानव समाजमा जेजति आविष्कार र परिवर्तन भएका छन्, ती सबै युवाको सक्रिय सहभागिता र पहलकदमीमा मात्र सम्भव भएका छन् । यस अर्थमा युवा आर्थिक, सामाजिक, राजनीतिक र सांस्कृतिक परिवर्तनका नायक हुन् । यसै सन्दर्भलाई लिएर चिनियाँ क्रान्तिका नायक माओत्सेतुङले युवालाई लक्षित गर्दै भन्नुभएको छ– “युवाहरू हो, यो संसार तिमीहरूको हो ।” यसरी युवा शब्दले हाम्रो मस्तिष्कमा खिच्ने तस्बिर र माओत्सेतुङजस्ता महान् व्यक्तिको उक्ति सुन्दा युवा ऐतिहासिक जिम्मेवारी बोकेका समाज परिवर्तन र देश विकासको मेरुदण्ड हुन् भन्ने मान्न सकिन्छ । तर आज अधिकांश युवामा यो ऐतिहासिक जिम्मेवारी र कर्तव्यबोध भएको पाइँदैन । उपभोक्तावादी संस्कारले गिजोलिरहेका बेला अध्ययनमा अरूचिका कारण युवाहरू झन् गैरजिम्मेवार र दिशाविहीन बनिरहेका छन् । बढ्दो बेरोजगारी र अशिक्षाले युवाहरूको आफ्नै भविष्य अन्धकारतिर यात्रारत छ । समाजमा यस्तो परिदृश्य देखिनु भनेको हामी सबैको भविष्य पछाडि धेकेलिनु हो । तथापि आज देशमा शिक्षित युवा नभएका पनि होइनन्, तर कमजोर चेतनाका कारण तिनिहरू कुनै न कुनै गलत प्रवृत्तिका शिकार भइरहेका छन्, जसका कारण युग बदल्ने ऐतिहासिक जिम्मेवारी बोकेका युवाशक्ति आज केही सीमित टाठाबाठाको स्वार्थ पूरा गर्ने भर्याङ मात्र बनिरहेका छन् । यो युवामा रहेका अन्तर्निहित क्षमता र शक्तिको विपरीत कुरा हुन् ।

हाम्रो देशको राजनीतिमा त झन् उच्च राजनीतिक नेतृत्वबाट नै युवाहरूको व्यापक दुरूपयोग भइरहेको छ । युवालाई आफूमाथि कहिल्यै प्रश्न नगर्ने मानव परिचालित रोबटमा परिणत गर्न खोजिरहेका छन् । यो समाजका लागि दुःखद् कुरा हो भने आफ्नो स्वार्थपूर्ति गर्ने साधनको रूपमा मात्र आफूलाई प्रयोग गरिरहेका नेताबाटै ती युवाले आफ्नो सुन्दर भविष्यको निर्माण र देश विकासको अपेक्षा गर्नु झन् गम्भीर र डरलाग्दो स्थिति हो । त्यसैले युवामा आलोचनात्मक चेतको विकास हुन अत्यन्त जरुरी छ । किनकि आलोचनात्मक चेतले मात्र सही र गलत छुट्याई समाजमा घट्ने विभिन्न घटना–परिघटनाबारे तथ्यमा रहेर समर्थन वा विरोध गर्न सिकाउँछ । तर चेतनाविहीनहरू समाजमा घट्ने त्यस्ता अनेक घटनाको वा कुनै पनि कुराको कि अन्धविरोध गर्छन्, कि त अन्धसमर्थन वा विश्वास गर्न पुग्छन् । यो प्रवृत्तिले समस्याको जडसम्म कहिल्यै पुर्याउँदैन । नेपाली राजनीतिमा आज जेजति युवा देखिएका छन्, सबैभन्दा बढी यही प्रवृत्तिका शिकार बनिरहेका छन्, जसका कारण सत्यको पैरवी गरेर भन्दा नेताको चाकडी गरेर आफ्नो भविष्य सुरक्षित गर्न चाहने युवा आज नेताहरूको स्वार्थपूर्तिका लागि आफ्नो स्वाभिमानको समेत बलि चढाउन तयार छन्,

‘ नेता विषेशको स्वार्थका लागि आफ्नो ज्यान कुर्बानी गर्ने कुरा विशुद्ध नेताको चाकडी शिवाय अरू केही होइन । किनभने युवाहरुले अहिलेसम्म जेजति सफलता प्राप्त गरेका छन् र अबको राजनीतिक भविष्य पनि यही चाकडी र चाप्लुसीमै बढी सुरक्षित र सम्भावित देख्छन् । किनकि, अहिले नेपालको राजनीतिमा योग्यता, क्षमता, त्याग, तपस्या र बलिदानीको कुनै गुञ्जाइस छैन । जनयुद्धको नाममा १७ हजार गरिबका छोराछोरीलाई आफ्नो ज्यानको उत्सर्ग गर्न लगाएर आफू मोजमस्ती र सबैभन्दा विलासी जीवन बिताउने प्रचण्ड नेताहरु नैतिकतालाई तिलाञ्जली दिएका अझै पनि केही युवाको साथ र समर्थन लिएर भावी पार्टी सभापति र अध्यक्ष , प्रधानमन्त्री बन्ने भोक उस्तै जीवित देखिरहेका छन अझ पञ्चायतका मतियाराहरु आज गणतन्त्र नेपालमा पनि केही युवाहरूको प्राणपखेरु नै बनिरहेका छन् ।
यी सबै एउटा सचेतन आँखाबाट हेर्दा अस्वाभाविक लाग्ने दृश्य अस्पष्ट वैचारिक धरातलको जगमा निर्माण भएका हुन् र आलोचनात्मक चेतको अभावका परिणाम हुन् । त्यसैले अब समाज रूपान्तरण गर्ने अभिभारा बोकेका युवाशक्ति आफ्नो स्वमूल्याङ्कन र सिंहावलोकन गर्न एकदम टड्कारो देखिन्छ । कामकर्तव्य एकातिर, व्यवहार कुम्लो बोकी ठिमीतिर त भइरहेको छैन भनेर आफ्नै मनलाई प्रश्न गर्ने बेला आएको छ । यो प्रश्नको उत्तर मात्र खोज्ने साहस युवाले गर्ने हो भने त्यस प्रश्नबाट प्राप्त उत्तरमा युवाको स्वयम् आफ्नो जीवन र समाजको स्पष्ट चित्र देख्ने छन् र त्यस चित्रमा आफ्नो स्थान कहाँ छ भनेर अवश्य खोज्ने छन् ।

आफ्नो स्थानको खोजी गर्नु भनेको आफ्नो हैसियत थाहा पाउनु हो र आफ्नो हैसियत पत्ता लगाउनु भनेको आफ्नो वास्तविक स्थिति जान्नु हो । आफ्नो वास्तविक शक्ति र सामथ्र्य थाहा नभएकै कारण आज युवाको एउटा विशाल पङ्क्ति कथित ठुला राजनीतिक दलको ‘एसमेन’ र विभिन्न झुण्ड, स्वार्थी समूहको गोटी मात्र बनिरहेका छन्, जसका कारण आफ्नो व्यक्तिगत जीवन मात्र होइन, समग्र समाजको मुहार नै परिवर्तन गर्न सामथ्र्य राख्ने युवाशक्तिले आज राजनीतिप्रति व्यापक वितृष्णा र समाजप्रति चरम निराशा व्यक्त गरिरहेका छन् ।

निश्चय नै कुनै पनि कुराको सीमा हुन्छ, तर अहिले हाम्रो समाजमा भ्रष्टाचार, बलात्कार, अनियमितता, घुसघोरी, दलाली, कालोबजारी, गरिब, किसान र मजदुरमाथिको नाङ्गो लुट, धर्म प्रचार धर्म को नाममा मानव लाई दुख कस्ट यतना तथा विभिन्न नाममा मान्छेले मान्छेमाथि गर्ने विभेद र युवाको व्यापक दुरूपयोगले सीमा नाघिरहेको छ अन्तर्राष्ट्रिय दलाल ले धर्मको नाम मा देशमा अायर देशको कानुन बिपरित काम गरपरहेका छन । आफ्नो नागरिकप्रतिको राज्यको यो हदसम्मको अनुदारता र निकृष्ट व्यवहारका कारण आज युवामा यो विभेदकारी नीति, नियम र गैरजिम्मेवार राज्यव्यवस्थामाथि नै चरम अविश्वास र घृणा पैदा हुन थालेको देखिन्छ र त्यसका विरुद्ध र विकल्पमा समतामूलक नौलो लोककल्याणकारी ब्यबस्था नयाँ चेतनाको अङ्कुरण युवाको मस्तिष्कमा भइरहेको छ । आज विरुवाको रूपमा देखिएको यो नवीन चेतना नै भोलि तराईको फाँटदेखि पहाडको कुनाकन्दरा हुँदै हिमालको चुचुरोसम्म पुगेर मक्किसकेको पुरानो मान्यता र विचारमा टिकेको अहिलेको हाम्रो सामाजिक संरचनालाई नष्ट गरेर ढिलोचाँडो नयाँ सामाजिक संरचनाको स्थापना गर्ने छन्, जहाँ कसैले पनि विभिन्न जातपात, धनीगरिब र धर्मको आधारमा विभेदको महशुससम्म गर्न पाउँने छैनन् ।शालोम

त्यसैले आज समयले युवालाई आह्वान गरिरहेको छ, युवाहरू हो, तिमीहरूको जीवनमा आज रहेको सबैभन्दा मूल्यवान वस्तु समय हो । जीवनकै यो मूल्यवान र स्वर्णीम समयको अत्यधिक र प्रभावकारी प्रयोगबाट तिमीहरू आफ्नो व्यक्तिगत जीवनको चित्र मात्र होइन, समाजकै चित्र बदल्न सक्ने छौ । त्यसो भए आफूभित्र अन्तर्निहित यत्रो विराट र अजेय क्षमता बोकेर युवा ‘जुटपत्ती र लुँडो’ खेलेर समय ब्यतित गर्ने बहानामा निरीह भएर किन बस्ने ? तसर्थ युवापङ्क्तिले अब सोच्नैपर्छ, केही त गर्नैपर्छ । किनकि युवाहरूको भाग्यको बिधाता युवाहरू स्वयम् आफै हो । त्यसैले आफ्नो भाग्यको निर्माण आफै गर्दै सत्य, न्याय र समानतामा आधारित समाज निर्माणका लागि युवा आफ्नो ऐतिहासिक दायित्व र भूमिका निर्वाह गर्नबाट किमार्थ चुक्नु हुदैन ।

Previous Post

राष्ट्रिय ख्रीष्टियान महासंघका अध्यक्ष सिबी गहतराजले अध्यक्ष पदबाट दिए राजिनामा

Next Post

कर्णाली के चाहान्छ?

आशिष संवाददाता

आशिष संवाददाता

Next Post
कर्णाली के चाहान्छ?

कर्णाली के चाहान्छ?

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In