चितवन- फागुन २, चितवन जिल्लामै येशू ख्रीष्टमा विश्वास गर्ने पहिलो व्यक्तिहरु अर्थात अग्रजहरुलाई चितवन इसाई समूदाय दिदीवहिनी सङ्गतीले एक वृहत कार्यक्रमको आयोजना गरी सम्मान गरेको छ। सम्मानित व्यक्तिहरु: शान्ती लिम्बू हाल नयाँ किरन बप्तिस चर्च, पा. लाल सिङ गुरुङ , श्रीमति सिला गुरुङ, पा. एम. एल.गुरुङ, श्रीमति बिभा गुरुङ व्याप्टिष्ट चर्च भरतपुर, सन्खे लामा सुर्यपुर चर्च, श्रीमति डोल्मा लामा, त्यसै गरी सुमित्रा खड्का हेब्रोन चर्च टाँडी, साथै मिसनरिहरु पा . साजन म्याथ्यु उहाकी श्रीमति सम्मानीत हुनुभएको छ। त्यसै गरी सेवामा सहायता पुर्याउनेहरुमा आलिस मिस र पि पि मिस सम्मानीत हुनुभएको छ। भरतपुर जीवन ज्योती चर्चका पा जित बहादुर लामा श्रीमति शान्ती लामा पनि सम्मानित हुनुभएको छ।
चितवन इसाई समुदाय दिदिबहिनी सङतीकी अध्यक्ष इन्द्र पान्डेको अध्यक्षतामा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम संचालक सचिव हेमा लामाले गर्नुभएको थियो भने, स्थानीय नव जीवन चर्च भरतपुरका पास्टर तथा चितवन इसाई समुदायका अध्यक्ष सुनिल लामाले वचन प्रचार गर्नुभएको थियो। चितवनमा सुसमाचार र मन्डली निर्माणमा भुमिका निर्वाह गर्ने सबैलाई आयोजित सम्मान कार्यक्रमले उत्साह दिएको छ। सम्मान कार्यक्रमको साथै दिदिबहिनीहरुको ४० दिने उपबास प्रार्थना समापन कार्यक्रम भएको थियो ।