Monday, June 30, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

यस वर्षको “ख्रिस्टमस” एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

Sojan Poudel by Sojan Poudel
December 21, 2020
in विचार/लेख
यस वर्षको “ख्रिस्टमस”  एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

केपी अधिकारी अगुवा , फिलाडेल्फिया मण्डली भैसेपाटी ,ललितपुर

0
SHARES
57
VIEWS
Share on FacebookShare on Twitter

आज संसार हामीले कल्पना नगरेको विपत्तिमा जीवन गुजारा गरिरहेका छौं । यस परिस्थितिमा कोरोनाको महाव्याधीले सताएको छ ।

करोडको संख्यामा मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन् र लाखौँ   मानिसले ज्यान गुमाएका छन् । नेपालमा पनि यसको स्वास्थ्य, सामाजिक र आर्थिक प्रभाव परिरहेका कारण जनजीवन जटिल बनेको कुरा हामीलाई थाहा छ ।

हामीहरु सबै मानव अनि सामाजिक प्राणी हौँ । हामीमा मानवीय ह्रदय भएका कारण हामीलाई संसारमा आईपर्ने प्रत्येक घटना र परिघटनाहरुले प्रभाव छोडिरहेकै हुन्छन् अनि हाम्रो विश्व मानव समाजमा घट्ने घटनाहरुले हामीलाई प्रत्यक्ष र परोक्ष रुपमा असर पारिरहेका हुन्छन् ।

मानिसलाई सायद सय प्रतिशतलाई नै सुखद घटना र उत्सवहरू नै मन पर्दछन् तर दुखद परिवेशलाई मानिसले सजिलै लिन सक्दैन किनभने परमेश्वरले मानिसलाई खुशी रहोस् भनेर नै यस्तो संरचनाहरु बनाईदिनुभएको छ ।

मानिस सधैं शान्त, परिश्रमी, मेहनती, खुशी अनि आनन्दित होस् र यी सबै कुराको श्रेय परमेश्वरलाई देओस्, धन्यवादी पनि होस् । अहिलेको विश्व समाजमा मानिस कोरोना भाइरसको आतंकबाट प्रताडित बनेको छ ।

यसको उपचार र खोपको अनुसन्धानमा धेरै बैज्ञानिकहरु खटिई रहेकाछन् र खोपको नतिजा र प्रयोग पनि सुरु भई सकेको छ ।

हामीलाई यो पूर्ण आशा पनि छ कि यसको पूर्ण उपचार प्रणाली आउने नै छ । संसारमा यस्ता धेरै विषम परिस्थितिहरु त आईरहेकै हुन्छन् तर हामी कुनै पनि तवरमा बिचलित हुनु हुदैन किनभने हामी सबैको जीवन केवल परमेश्वरको हातमा छ ।  

हामीले विगत ९ महिनादेखि नै मण्डली संगति भवनमा एकजुट भएर गर्न सकेका छैनौ तथापी हाम्रो प्रभु प्रतिको लगाव, विश्वासयोग्यता, जोस र उमङ्गमा कुनै कमी आएको छैन र एकले अर्कालाई सहानुभुती र समानुभुती अनि उत्साह दिने सेवामा हामी चुकेका छैनौं ।

१ थेसोलिनिकी ५:११ अनुसार हामीहरु प्रत्येक समयमा एक अर्कामा सहमत हुने, निरन्तर प्रार्थना गर्ने, एक अर्कालाई प्रोत्साहन र ढाडस दिई रहने बन्नु पर्दछ ।

पृथ्वीमा हुने सबै प्रकारका विपत्तिहरु बारे धर्मशास्त्र बाइबलले प्रकाशको पुस्तकबाट हामीलाई बारम्बार प्रकाश पारिसकेकोछ र हामी सो बारे पूर्ण जानकार नै छौं ।

अब हामीले यस्ता सबै परिस्थितिहरुमा कसरी हाम्रो प्रतिक्रिया दिन सक्छौं भन्ने बारेमा पनि बाइबलले प्रस्ट परेको छ जसलाई हामी सबैले पछ्याउनु पर्दछ ।

  • निरन्तर   प्रार्थना गर्नुपर्दछ  ( फिलिप्पी २:३)

प्रशिद्ध प्रचारक बिलि ग्राहमले भने जस्तै प्रार्थना इसाईहरुको सब भन्दा ठुलो हतियार हो ।

हामी परमेश्वरका सन्तान भएका कारण जहिले पनि माथि हेर्नुपर्दछ अनि प्रार्थनाद्वारा नै परमेश्वरको समिपमा पुग्नुपर्दछ ।

हाम्रो निम्ति सबै भन्दा शक्तिशाली स्रोत प्रार्थना हो र उहाँको सार्वभौमिकता प्रतिको पूर्ण भरोसा हो । हाम्रो प्रार्थना हामी आफै र त्यो भन्दा बढी अरुको लागि केन्द्रित हुनुपर्दछ ।

अनि कसैको कुनै विषय सुनिसके पछि हामी  प्रार्थना गर्छौं भन्ने चलन जताततै छ र कतिले प्रार्थना गरे वा गरेनन् भन्ने कुरा थाहा पाउन पनि सकिदैन तर हामीले कसैलाई हुन्छ भन्ने प्रतिज्ञा गरेका छौं भने निश्चय नै प्रार्थना गरिदिनु पर्छ किनकी परमेश्वरले नै सो बारे उचित न्याय गर्नुहुन्छ र हामीले कसको न्याय गर्न सक्दैनौ ।

हामी सक्छौं भने कसैलाई यो गरिदिन्छु, यसो गरिदिन्छु भनी बाचा गरेका छौं भने त्यसलाई पूरा गर्नी पर्दछ किनभने झुट र झुक्याउने कुरा त अरु संसारमा धेरै हुन्छन् तर परमेश्वरमा भएका जनले गर्न सुहाउने कुरा होइन ।

समस्त संसारले आज हाम्रो प्रार्थना खोजिरहेको छ अनि हामीमा प्रार्थना गर्ने जोस अझै बढाउनु परेको छ ।

  • हामी परमेश्वरमा शरण लिनेहरु हौँ

यस पृथ्वीमा जे जस्ता कठिनाईहरु भए तापनि हामीहरु सबै परमेश्वरका घरानाका भएका कारण उहाँको वचन  अनुसार यो सत्य प्रमाणित छ कि परमेश्वरमा नै हामीले शरण पाउनेछौं । (भजनसंग्रह ९१:२ ) ।

हामीलाई अहिलेको अवस्थामा कोरोना महामारीले सताइरहेको छ, विगतमा पनि धेरै विपत्तिहरुले, युद्धहरुले, रोग महाव्याधीहरुले मानिसलाई सताइरहेकै हुन् । तर मानिस अहिलेसम्म पृथ्वीमा नथाकिकन परमेश्वरको अनुग्रहको छाता मुनि भएका कारण आफ्नो अस्तित्व जोगाइ राख्न सक्षम भएको छ ।

संसार टलेर जानेछ तर परमेश्वरको योजना अनुसार सबै कुराहरु हुन आउने छन् । हामी आज जे जसरी आफ्नो जीवनलाई चलाई राखेका छौं, भोलि फरक पनि हुनसक्नेछ अथवा परमेश्वरको इच्छा भएमा यो गरौंला त्यो गरौंला भन्ने आशामा जीई रहेका छौं ।

अनि बचनले भन्दछ–हाम्रो नागरिकता स्वर्गमा छ र सो राज्यका लागि आज हामी पृथ्वीमा मेहनत गरिरहेकाछौं जुन कुरा परमेश्वरलाई मन पर्छ ।

  • हामीले  हाम्रो ह्रदयलाई सुरक्षित राख्नु पर्दछ

दुख वा विपत्तिले मानिसलाई सम्बेगात्मक रुपमा र शारीरिक रुपमा मार्न सक्ला तर परमेश्वरमा शक्तिशाली हुनेले सबै कुराहरु गुमाएर पनि महत्वपूर्ण कुरा आफ्नो ह्रदयलाई सुरक्षित् राख्न सक्छ । –विलि ग्राहम

हाम्रा ह्रदयहरुलाई परमेश्वरमा सधैं सुरक्षित राख्न धर्मशास्त्रले हामीलाई निर्देशित गरेको छ (हितोपदेश ४:२३)

आफ्नो ह्रदयलाई सुरक्षित राख्ने उपाय भनेको परमेश्वरसंगै जिउने र अगाडि बढिरहने हो । परमेश्वरलाई हामीले हाम्रो ह्रदय सहित आफुलाई जिउँदो बलिदानको रुपमा अर्पण गरिसकेका छौं भने हाम्रो सबै कुराको जिम्मा परमेश्वरले लिनु भएको छ । मत्ती ११:२८ मा परमेश्वरले प्रतिज्ञा गर्नुभएको छ ।

अनि हामी केवल भजनसंग्रह २७:४ अनुसार आफुलाई प्रत्येक दिन चलाउनु पर्दछ I त्यस पश्चात परमेश्वरको योजना यर्मिया २९:११ अनुसार हामीमा सफल हुदै जान्छ ।

हामीले आफ्नो जीवनमा आफु निको हुनलाई सबैलाई बिना सर्त क्षमा गर्नुपर्दछ किनभने परमेश्वरले हामीलाई कुनै सर्त नराखी क्षमा गर्नुभएको छ र हामी आज अनुग्रहको जीवन जिएका छौं ।

४.हामीले अरुको  पनि बोझ उठाउनु  पर्दछ

धर्मशास्त्रमा स्पस्ट लेखिएको छ हामीले एक अर्काको बोझ उठाउनु पर्दछ, यसो गर्नाले परमेश्वरको नियम पालना गरेको ठहर्छ ( गलाती ६:२)  हामीलाई लाग्छ कुनै समस्या आई परेमा हामीलाई मात्र किन यस्तो दुख ! तर जब हामीलाई अरुको समश्या देख्न पुग्छौं अनि लाग्छ हाम्रो समस्या सामान्य हो ।

अनि हाम्रो विश्वासको एउटा धरातल भनेको अरुको वास्ता र फिक्री गर्नु हो र खाँचोमा सहायता गर्नु हो । दुखमा कसैलाई एउटा उत्साहको सानो वाक्य मात्र बोलिदिएमा त्यो उसको लागि जीवनको कोसे ढुङ्गो बन्न सक्छ । तर फेरी नमागेको सल्लाह बढी नै दिने गरेमा त्यो कसैका लागि अनुत्पादक पनि बन्न सक्छ ।

प्रार्थना गरिदिने र शान्तिमा बिऊ चारने कार्य हामीले कहिल्यै पनि रोक्नु हुदैन I यो पर्वको अवसरमा त झनै जोशिलो बन्नुपर्छ ।

५. हामी अरुको भलाईमा संलग्न हुनुपर्दछ

ख्रिस्टले संसारका सबै मानिसहरुको लागि भलाई गर्नु भयो र आफैलाई निशेष पर्नु भयो जसका कारण आज हामीहरु संसारमा उद्धार पाएका मानिसहरु कहलिएका छौं । हामी आफ्नो मात्र भलाई होइन अरुको भलाईमा पनि ध्यान दिने बन्नु पर्दछ (फिलिप्पी २:४) । आज मानिसहरु आफुमय अथवा स्वार्थमा तछाड-मछाड गरिरहेका छन्, संसारलाई चरम पुँजीवादी सामाजिक सोचले गांजेको छ अनि चाहेर पनि मानिस पछि हट्न सक्दैन ।

हामीहरु त परमेश्वरले दिनुभएका बरदानहरुलाई प्रयोग गर्ने र सम्भव भएमा अरुको पनि सेवा गर्ने काममा सधैं अघि सर्नुपर्दछI कति असल मानिसहरुले आफ्नो जीवनको सबै समय केवल अरुको भलाईमा मात्र गुजारेको पनि पाईन्छ जस्तै मदर टेरेसा I

हामीलाई परमेश्वरले दिनुभएको प्रेम, शान्तिलाई अरुको लागि पनि उपहार दिन सक्छौं जस बाट परमेश्वरको आज्ञा  पालन गरेको ठहर्छ ।

हामी आज जे जस्तो काम, सेवा गरिरहेका छौं ति सबैबाट हामीले पाउने अन्तिम लक्ष्य भनेको आत्म सन्तुस्टी नै हो । हामी जिउने तरिका “म “होइन “हामी “हो जसले संसारलाई, मानव जगतलाई सम्बोधन गर्दछ । हामीले गरेको काम वा सेवा जे छ त्यसबाट अरुको जीवनमा सकारात्मक फरक परेको छ भने एक जना नै किन नहोस् त्यो परमेश्वरको दृष्टिमा असल र ग्रहण योग्य ठहर्छ ।

अत : यो वर्षको बडा दिन मनाउने उत्सवका सामाजिक र बाहिरी आवरण हरुमा कमी त आउने  नै छ तथापी हाम्रो ह्रदयबाट प्रभुको जन्म उत्सव मनाउने कुरामा सधैं हामी तयार भई रहनेछौं,

आज कोरोना महामारी बीच हामीले मनाउने “बडा दिन” अथवा “ख्रिस्टमस “ पर्वले धेरै मानिसहरुलाई शान्ति, प्रेम र समाजसंग सह सम्बन्ध अनि अनुशासनको उत्तम नमुना पस्कन सक्नु पर्छ र यो समयमा हाम्रो सुसमाचार सेवा भनेको यही हो I

हामीले गत वर्ष जस्तै गरी पर्व मनाउन त सक्ने छैनौ तर स्वास्थ्यका मापदण्ड अपनाई सानो सानो झुण्डमा मनाउन सक्छौं, संगीतका धुनहरुलाई, माइक्रो फोनका आवाजहरुलाई, अनि ठुला ठुला सभा हलका गुन्जायमान ध्वनीहरुलाई “म्युट” गर्दै हामी ख्रिस्टमस मनाउनु अति सान्दर्भिक हुन्छ ।

हाम्रो देशको लागि, मण्डलीहरुको लागि, कोरोना महामारीमा मानिसको उपचारमा खट्ने मानिसहरु, कोरोनाबाट संक्रमित जनता अनि परिवारहरुको लागि प्रार्थना गर्ने अहम जिम्मेवारी हामीले पाएका छौं र निरन्तर प्रार्थना गरेर यो पर्व मनाउनु अझै श्रेयस्कर हुन्छ ।

विश्वका ४ अर्ब मानिसहरुले मनाउने ख्रिस्ट येशुको जन्मोत्सव मा १६० देशका सरकारहरुले त सार्वजनिक बिदा पनि गर्ने गर्दछन् । तर हाम्रो देशमा यस्तो पर्वमा पनि राजनीतिले छोएको देखिन्छ जुन कुरा एक धर्म निरपेक्ष स्वतन्त्र राष्ट्रका लागि बिडम्बना मान्नु पर्दछ ।

पर्वको रहश्यलाई मनन गरी हाम्रा प्रभुलाई मन पर्ने गरी, तडक भडक नगरी, भिडभाड नगरी, अनुशासित भएर, समाजमा राम्रो छाप र गवाही छोड्ने गरी यस वर्षको बडा दिन मनाउने समस्त इसाई दाजुभाई दिदि बहिनिहरुलाई हार्दिक शुभकामना पनि व्यक्त गर्दछु ।

-केपी अधिकारी

अगुवा , फिलाडेल्फिया मण्डली , भैसेपाटी ,ललितपुर

Previous Post

गायक कर्णदासलाई मातृशोक

Next Post

देशमा उत्पन्न भएको राजनीतिक संकटमा अब इसाई समाजको भूमिका आवश्यक छ

Sojan Poudel

Sojan Poudel

Next Post
यस वर्षको “ख्रिस्टमस”  एक-अर्कालाई प्रोत्साहन दिएर मनाओं

देशमा उत्पन्न भएको राजनीतिक संकटमा अब इसाई समाजको भूमिका आवश्यक छ

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In