बाढीमा चीनतर्फ ३ जनाको मृत्यु, ५५८ बेपत्ता, उद्धारमा चिनियाँ सेना परिचालन

0

११ भदौ, काठमाडौं । चीनको दक्षिण-पश्चिमी क्षेत्र तिब्बत स्वायत्त क्षेत्रस्थित केरुङ काउन्टीमा बुधबार गएको भीषण बाढीमा परी ३ जनाको मृत्यु भएको छ भने ५५८ जना बेपत्ता भएका छन्।

चिनियाँ सञ्चारमाध्यम पिपल्स डेलीका अनुसार, बाढीग्रस्त क्षेत्रमा खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन चिनियाँ जनमुक्ति सेना (पीएलए) परिचालन गरिएको छ।

सैन्य अधिकारीहरूद्वारा सञ्चालन गरिने संयुक्त उद्धार कार्यको प्रत्यक्ष समन्वय गर्न चिनियाँ जनमुक्ति सेनाको ‘वेस्टर्न थिएटर कमान्ड’को एक निर्देशक टोली बिहीबार बिहान वाई-२० सैन्य विमानमार्फत प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेको हो।

बुधबार गएको बाढीका कारण उक्त क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यका लागि चिनियाँ सेना र स्थानीय उद्धार टोलीहरू घटनास्थलमा खटिएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here