त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

0

१४ भदौ, काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ ।

आइतबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर  क्षति पुर्‍याएको जनाएको छ ।

बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पुर्‍याएको छ ।

बाढीको तीव्रताका कारण झोलुङ्गे पुल बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here