Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

मण्डलीमा समस्या सामधान अगुवाहरुले नै गर्नु पर्दछ। प्रेरित ६ः१–७

Sojan Poudel by Sojan Poudel
August 10, 2020
in विचार/लेख
मण्डलीमा समस्या सामधान अगुवाहरुले नै गर्नु पर्दछ। प्रेरित ६ः१–७
0
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

– डा. किरण दास

मण्डलीमा विश्वासीहरुको संख्या बृद्धि हुँदैजाँदा मण्डलीले प्रदान गर्ने सेवाहरु पनि बढ्दैजान्छन् । स्रोतसाधनाहरुको सिमितताको कारण मण्डली व्यवस्थापनमा जटिलता तथा कहिले कहीँ समस्याहरु पनि सृजना हुन्छ । एउटा सानो परिवारको व्यवस्थापन गर्न हामीले धेरै चुनौतीहरुको सामना गर्नुपर्छ ।

परिवारका सबै सदस्यहरुको आवश्यकता पुरा गरेर चित्त बुझाउनु र हरेक परिस्थितीहरुमा खुशी राख्न सक्नु सधै सजिलो कार्य नहोला । त्यसैगरी एक मण्डली धेरै परिवारहरु मिलेर बनेको हुन्छ । मानिसहरु मण्डलीमा आउँदा विभिन्न विचारहरुद्धारा प्रेरित र अभिप्रेरित भएर आएका हुन्छन । जब मण्डली संख्यामा बृद्धिहुँदै जान्छ, मण्डलीको सेवामा धेरै चुनौतीहरु, समस्याहरु अप्ठेराहरु देखा पर्दछन् । प्रेरित ६ः१–७ को खण्डले मण्डलीमा आउने समस्याहरुको उचित समधान कसरी गर्न सकिन्छ भन्ने विषयमा आर्दश उद्धाहारण प्रदान गर्दछ ।

जब मण्डलीमा समस्याहरु आयो, प्रेरित ६ अध्यायको खण्डमा हामी देख्दछौं कसरी प्रेरितहरुले मण्डलीमा आएको समस्यालाई सातजना अगुवाहरुको भर्नाद्धारा सामधान गरेकाछन् ।

(१) सबै मण्डलीहरुमा समस्या आउँछन । प्रेरित ६ः१–२

संसारमा सिद्ध मण्डली कहीँ पनि छैन । सबै मण्डलीका विश्वासीहरु पाप क्षमा भएका पापी मानिसहरु नै हुन । हरेक मण्डलीमा कुनै न कुनै समयमा विभिन्न विषय प्रसंगहरुमा रहेर समस्याहरु आएका हुन्छन् । यस मण्डलीमा पनि जब चेलाहरुको संख्यामा बृद्धि भयो, त्यहाँ समस्या प्रकट भएको छ । एकातिर चेलाहरु गुणातात्मकरुपमा बृद्धि भईरहेको छ भने अर्कोतिर चेलाहरुबाट नै मण्डलीमा समस्या आएकोछ ।

समस्याको विश्लेषण हिब्रुका बिरुद्धमा ग्रिक–यहूदीहरु
भिन्न भाषा संस्कृतीको कारणले यो मण्डलीमा समस्याहरु आएको छ । यहाँ ग्रीक र हिब्रू बिधवाहरुको निम्ति सेवा गरिन्छ । त्यही सेवाको व्यवस्थापनमा सन्दर्भमा नै समस्या आएको छ । किनकि ग्रीक बिधवाहरुले गन्गन गरेका छन् । मण्डलीबाट सेवा दिईएको खाद्दन्न हिब्रू बिधवाहरु भन्दा उनीहरुलाई कम दिईएको छ । अर्थात ग्रीक र हिब्रूहरु विच पक्षपात गरिएको छ । यि ग्रीक र हिब्रू बिधवाहरु को हुन ?
१. ग्रीक–यहूदीहरु : उनीहरु वास्तवमा रोमको विभिन्न क्षेत्रबाट आएका तर येरुशलेममा बसेका ग्रीक यहूदीहरु हुन । उनीहरुको मुख्य बोल्ने भाषा ग्रीक हो । विशेष गरि आराधना संगतीहरु र धर्मशास्त्रको पाठ गर्न उनीहरु ग्रीक प्रयोग गर्दछन् । यिनीहरुले ग्रीक संस्कृती मान्दथे । प्रेरित ६ः१ मा भएका ग्रिक–यहूदीहरु विश्वासी यहूदीहरु हुन ।
२. हिब्रु तथा यहूदीहरु : यिनीहरु अरामिक भाषा बोल्ने यहूदीहरु हुन । र यिनीहरुको आफ्नै भाषा र संस्कृती छ । यिनीहरु यहूदाबाट आएका र यहुदी संस्कृती मान्दथे । यहाँ हिब्रू तथा ग्रीक भन्ने नाम प्रयोग गरेता पनि उनीहरु सबै विश्वासीहरु हुन । उनीहरुले प्रभु येशुलाई मक्तिदाता भनि विश्वास गरेका छन् ।

बिधवाहरुको लागी दैनिक सहयोग वितरण ।
यि विधवाहरुको लागी अन्य सहायताका स्रोतहरु केही पनि थिएन । उनीहरु मण्डलीको सहयोगबाट जिउंनु पर्ने थियो । र उनीहरु मण्डलीमा नै सेवा गर्ने गर्दथे । येरुशलेमको मण्डलीले सामुदायीक विश्वासीहरुको ढाँचा अभ्यास गरिरहेका थिए । यो प्रकारको अभ्यास मण्डलीमा यो अघि सामान्यरुपमा गरिएको थिएन । बिधवाहरुको व्यवस्था उनीहरुले गर्नु पर्ने थियो । विना पक्षपात खाद्दन्न उनीहरुमा वितरण गर्नु पर्दछ ।

(२) मण्डलीका अगुवाहरुले समस्याका सामधानहरु खोज्नु पर्दछ । प्रेरित ६ः३–६

प्रेरितहरु येशूका बाह्रजना चेलाहरु नै थिए । उनीहरुले मण्डलीका सबै विश्वासीहरुलाई भेला गराएर समस्याको सामधान खोज्न अगुवाई गरे (प्रेरित ६ः२) । प्रेरितहरुको मुख्य काम प्रार्थना र वचनको सेवा थियो । त्यसकारण उनीहरुले मण्डलीका विश्वासीहरुलाई भेला गरि स्पष्ट बताए कि उनीहरुले परमेश्वरको वचनको सेवा छाडेर टेबलको सेवा गर्नु राम्रो हुँदैन । यो सत्य हो कि अगुवाहरु आफ्ना मुख्य दायित्वहरुबाट अलग जानु हुँदैन (प्रस्थान १८ः१३–२६) ।

राम्रोसँग ध्यान दिनुस : प्रेरितहरुको मुख्य कर्तव्य चाँही प्रार्थना र परमेश्वरको वचनको सेवा गर्नु थियो (प्रेरित ६ः४) । तर जुन समस्या यहाँ मण्डलीका अगुवाहरुले सामना गर्नु परेको छ । यसले विधवाहरुको सेवा, मण्डलीको एकता, र वचनको प्रचार जस्ता कार्यहरु प्रभावित पारेको छ । यहाँ कसरी समस्याको सामधान गरिएको छ । यो आज हाम्रो मण्डलीहरुको लागी पनि उद्धाहरणीय छ ।

प्रेरितहरुले प्रस्तूत गरेको सामधान ।

मण्डलीको सेवाहरुलाई सुव्यवस्थित गर्न र समस्याहरुलाई सामधान गर्न प्रेरितहरुले विशवासीहरुलाई भेला गरि बिधवाहरु विचको समस्यालाई प्रष्ट बनाए र सामधान कसरी गर्न सकिन्छ सो उनीहरुलाई बताए । परमेश्वरको निम्ति हृदय भएका, पवित्र आत्मा र ज्ञानले भरिएका सातजना मानिसहरु छान्नु, जसलाई बिधवाहरुको सेवामा खाद्दन्न सहयोग वितरणको जिम्मा दिन सकिन्छ । र प्रेरितहरु प्रार्थना र वचनको सेवामा निरन्तर लाग्न सक्दछन् (प्रेरित ६ः३–

४) यो नै उपयूक्त सामधान थियो । यहाँ प्रेरितहरु आफैले समस्या सामधान गरेनन् । तर मण्डलीका विश्वासीहरुद्धारा नै समस्याको सामधान गर्न उनीहरुलाई उत्प्रेरित गरे । जसको कारण मण्डली विश्वासीहरु अति नै आन्नदीत भए र सात जना विश्वास र पवित्र आत्माले भरिएका मानिसहरुलाई प्रेरितहरुको चरणमा ल्याए (प्रेरित ६ः५) । बहुसंख्यामा विश्वासीहरु सन्तुष्ट थिए । र यि सात नयाँ अगुवाहरु छनोट गरें : स्तफनस, फिलिप, प्रखरस, निकनोर, तीमोन, पर्मिनास र निकोलाउस ।

ध्यान दिनुस : विश्वको पहिलो मण्डली, जहाँ प्रेरितहरु मुख्य अगुवाहरु थिए । उनीहरु हिब्रू थिए, जसलाई येशूले नै नियूक्त गर्नु भएको थियो । प्राय हिब्रू बिधवा बहुसंख्यामा रहेको मण्डलीमा ग्रीक सात जना अगुवाहरु छानिएका छन् । र पिडित महसुस गर्नेहरु पनि ग्रिक नै थिए । हामीले बुझ्नु पर्ने कुरा चाँही मण्डलीको सेवामा भाषा, जात र संस्कृती महात्वपूर्ण होईन । तर आत्माले भरिएका अगुवाहरु हुनु पर्दछ । अरामिक बोल्नेहरु धेरै भएता पनि त्यहाँ कुनै विवाद भएन । हिब्रूहरुले पनि ग्रीक डिकनहरु चुनेका छन । आजको मण्डलीले अगुवाहरुको विषयमा सिक्नु पर्ने महत्वपूर्ण कुरा यही हो ।

अगुवाहरुको अभिषेक : प्रेरितहरुको अघि विश्वासीहरुले यी सात जनाहरुलाई ल्याए (प्रेरित ६ः६) । यी नयाँ अगुवाहरुलाई प्रार्थना र हात उनीहरु माथि राखेर नियूक्त गरियो । विश्वासीहरुबाट छानिएका यी अगुवाहरु दुबै समुहहरुबाट ग्रहण र स्विकृत गरिएको छ (१ तिमोथी ५ः२२) । हात राखेर प्रार्थना गर्नु चाँही सेवा गर्नेहरुमाथि परमेश्वरको आशिष र सुरक्षाको लागी प्रार्थना गरिएको हो (प्रेरित १३ः१–३) । मण्डलीका विश्वासीहरु सन्तुष्टि, आनन्दीत थिए । र विधुवाहरुको आवश्यकता पुरा भएको छ ।

(३) अगुवाहरुद्धारा नै मण्डलीमा शान्ति र आत्मिकी संमृद्धी आउँदछ। प्रेरित ६ः७
मण्डलीका अगुवाहरु जब आत्माले भरिएका हुन्छन् । परमेश्वरको वचन समुदाय र संसारमा फैलिन्छ (प्रेरित ६ः७, २ थिस्लोनिकी ३ः१) । अगुवाहरु आफै परमेश्वरको वचनको सेवामा भक्तिसाथ लागीरहन्थे (प्रेरित ५ः४२) । जसको फलस्वरुप, मण्डलीका चेलाहरुमा गुणानात्मकरुपमा बुद्धि भयो । मण्डलीमा वचन व्यख्याकार, बृद्धिले भरिएका, सुसमचार प्रचारकहरु निर्माण भए (प्रेरित ६ः७) । प्रेरितहरुलाई गिरफतार गरी सतावाट गर्ने मन्दिरका पुजाहरीहरु पनि परमेशवरको वचन सुनेर विश्वासमा आए र आज्ञाकारी भए (प्रेरित ६ः७) ।
येरुशलेमको पहिलो मण्डली, संसारको नै यो पहिलो एकमात्र मण्डली थियो ।

येशूका चेलाहरु जसलाई प्रेरित भनेर भनिन्छ उनीहरु नै यस मण्डलीका अगुवाहरु थिए । दिन–दिनै मण्डलीमा चेलाहरुको संख्या बृद्धि हुँदै गएको थियो । जब विश्वासीहरु र चेलाहरुको संख्या बृद्धि हुँदै गयो, त्यहाँ अन्तरीक समस्याहरु पनि देखापर्न थालेको हामी यहाँ देख्दछौं । येरुशलेमको यो पहिलो मण्डलीमा सास्याहरु दुई प्रकारबाट आएका छन् । (क) मण्डली बाहिरबाट आएको समस्याहरु (प्रेरित ४ः१–३, ५ः१७–१८) र (ख) मण्डली भित्रबाट आएको समस्याहरु (प्रेरित ५ः१–११) । प्रेरितको ६ अध्ययमा पनि यो समस्याहरु निरन्तर भएको पाउंदछौं । (क) मण्डली भित्रबाट आएको समस्या विश्वासीहरुको गन्गन् (प्रेरित ६ः१–७) र (ख) मण्डली बाहिरबाटको सतवाटहरु (प्रेरित ६ः८–१५) ।

वर्तमान समयमा हाम्रा मण्डलीहरुमा समस्याहरु आउंछन् । किनकि मण्डलीमा समस्याहरु आउनु सामान्य प्रकृया हो र भैरहन्छ । सैतानले मण्डली बृद्धिलाई रोक्न सक्दो प्रायास गर्दछ (मत्ती १३ः२४–२५) । साथै मण्डलीका समस्याहरु ठूला बाधकहरु पनि हुनसक्छन् । विश्वासीहरु विच रोगीपनहरु सृजना गर्दछ । र विश्वासीहरुलाई महत्वपूर्ण कामहरुबाट अलग गर्दछ । विश्वासीहरुलाई समस्याको बारेमा बताएर र उनीहरुलाई सामधानमा सहभागी बनाएर, हामीले निश्चितरुपमा मण्डलीका समस्याहरु सफलपूर्णरुपमा सामधान गर्न सकिन्छ ।

Previous Post

कैलाली घटनाको वास्तविकताबारे नेपाल ख्रीष्टियन समाजको धारणा सार्वजनिक

Next Post

आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

Sojan Poudel

Sojan Poudel

Next Post
आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In