आस्थाको विरुद्ध अफवाह नफैलाइदिन ख्रीष्टियन समाजको अनुरोध

0

कास्की, पोखरा । यसैबीच बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागिपरेका केही समुहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली ख्रीष्टियन समुदायलाई लाजमर्दो स्थितितिर घिसार्ने कार्य भैरहेकोमा हामी दुःखी बनेका छौं ।

पोखरा लामाचौरस्थित “सच्चाइ” समुहले स्वयम् आफैंलाई “ख्रीष्टियन होइनौं” भन्दै आएका र उनीहरूको सो दाबीअनुसार नै नेपाली चर्चहरूले उनीहरूलाई ख्रीष्टका सच्चा अनुयायी नमानेको स्मरण गराउँदै आम ख्रीष्टियन समुदायसित उक्त समुहको नाम जोडेर अनर्गल प्रचार नगरिदिन नेपाल ख्रीष्टियन समाज गण्डकी प्रदेश समितिले अपील गरेको छ ।

गण्डकी प्रदेश समितिले पोखरामा भएको घटनाको खण्डन गर्दै बाइबल धर्मशास्त्रको अपूरो व्याख्या तथा अन्यथा विश्वासको प्रचारप्रसारमा लागिपरेका केही समुहरूको अव्यवहारिक अभ्यासको कारणले आम नेपाली ख्रीष्टियन समुदायलाई लाजमर्दो स्थितितिर घिसार्ने कार्य भैरहेको साथै पोखरा महानगरपालिका वडा नं. १९ मा सञ्चालन हुँदै आएको “ईश्वरीय मार्ग भजन मण्डली–सच्चाइ केन्द्र” (झूटो शिक्षा फैलाउने “सच्चाइ” समुह) का एक अगुवाको कोरोना भाइरस संक्रमणकै कारण मृत्यु भएको र सो समुहका थप ६ जनालाई पनि संक्रमण पुष्टि भैसकेको तथ्य सार्वजनिक हुन नपाउँदै आम नेपाली ख्रीष्टियन समुदायका विरुद्धमा अहिले अफवाह फैलाउन थालिएकोप्रति दुःख व्यक्त गरेको छ ।

संसारभरि सर्वत्र महामारीको रूपमा फैलिएको कोभिड १९ को प्रभावले नेपालमा पनि संक्रमित संख्या अप्रत्यासितरूपमा बढिरहेको तथ्यप्रति सजग हुँदै सबैले जनस्तरबाटै बडो गम्भीरता र अनुशासन प्रदर्शन गर्न समेत समितिले अनुरोध गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here