धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु लोकतन्त्र बिरोधि भएको बागमती प्रदेशको मुख्यमन्त्री राजेन्द्र पाण्डेले बताए । नेपाल ख्रिष्ट्रियन समाज बागमती प्रदेश र मकवानपुर ईसाई समाजको संयुक्त आयोजनामा भएको ख्रिष्टमस शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले जनताको ठूलो त्यागबाट गणतन्त्र र धर्म निरपेक्ष राष्ट्र निर्माण भएको बताउनु हुँदै धर्म परिर्वतन गरेको भनेर जेल हाल्नु सरासर गलत भएको टिपणी गर्नु भयो ।
उहाँले यस विषयमा प्रदेश सरकार गम्भिर रहेको र केन्द्रमा समेत यस बिषयमा आवाज उठाउने भन्दै सरकारले कुनै पनि धर्मप्रति भेदभाव नराखेको बताउनु भयो। उहाँले धर्म र संस्कृतिको हिसाबले अरु देश भन्दा नेपाल पृथक र विशिष्ट रहेकोे उहाँको भनाई रहेको थियो । उहाँले भन्नु भयो,“हाम्रो नेपाली समाज अरु देशको भन्दा पृथक र छुट्टै पहिचान बोकेको छ,सबै जातजाति, क्षेत्र, वर्ग र समुदाय बीच घनिष्ठ सम्बन्ध रहेको छ, हामी सयौँ जातको फुलबारीको हो भन्ने देशलाई फुलबारीको रुपमा विकास गर्नु पर्छ ।
धर्मका कारण अशान्तिको युगतर्फ यो देशलाई फर्काउनु हुँदैन, दमनबाट देशमा शान्ति हुँदैन, हामी एक अर्कामा मिलेर बस्नु पर्छ यही नै हाम्रो विशिष्टता हो”मुख्य मन्त्रीको भनाइ थियो ।
ईसाईहरुको समस्याको रुपमा रहेको दाह सस्कार अर्थात चिहानको अभावको विषयलाई प्रदेश सरकार गम्भिर रहेको भन्दै यो समस्या चाँडै हल हुने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।