एनसीएफ नेपालको केन्द्रिय विभागले पायो पूर्णता

0

चितवन, २३ चैत्र l एनसीएफ नेपालको चितवनमा जारि ६२ औं साधारण सभा तथा अधिवेशनले केन्द्रिय युवा विभाग र महिला विभागलाई पूर्णता दिएको छ l मध्यराती सम्मको रस्साकस्सीपछि राष्ट्रिय युवा विभागको अध्यक्षमा ज्ञान बहादुर (लाजरस) तामाङ, उपाध्यक्षमा निमराज जैसी, सचिवमा मरिया गुरूङ, कोषाध्यक्षमा किशोर शाही, सदस्यहरूमा डा. आनन्द राई, अरूण थापा, ईश्वर पाख्रिन चयन भएका छन् l

त्यसैगरी केन्द्रीय महिला विभाग ज्योति भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएका छन् l उपाध्यक्षमा अन्जना राई, सचिव कल्पना पोखरेल, सह- सचिव सुन्दरी दास, कोषाध्यक्ष माया गुरूङ र सदस्यहरूमा संगीता पाण्डे, भुवन कुमारी तामाङ र सुलोचना तामाङ चयन भएका छन् l

केन्द्रीय कार्य समितिको चयन भने भोलि मात्रै हुने  एनसीएफ नेपालले जनाएको छ l कार्यक्रम गत मंगलबार देखि सुरू भएर भोलि २४ गते विहिबार सम्पन्न हुँदै छ l

केन्द्रीय महिला विभागका नयाँ कार्य समिति सदस्यहरू
केन्द्रीय युवा विभागका नयाँ कार्य समितिका पदाधिकारीहरू

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here