Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home समाचार

क्षमा मिलाप सेवा र एक सिकाइ अनुभव

Sojan Poudel by Sojan Poudel
March 20, 2020
in समाचार, समाज
0
SHARES
229
VIEWS
Share on FacebookShare on Twitter

25 May 2018 थिर केसी

नेपालमा क्षमा मिलापको सेवासुरुवातसँगै मैले यसमा सहभागि हुने मौका पाँए । मनभित्रका तितोपनका जराहरु उखेलेर फाल्नकालागि ठूलो मद्दत मिल्यो । ब्यक्तिगत सिकाइलाई जव संस्थागत गर्ने अवसर मिल्यो तव माईका नेटवर्क नेपाल र यूएमएन मिलेर नेपालमा क्षमा तथा मिलापको सेवालाई निरन्तरता दिनका लागि साझेदारी भयो ।

सुरुका दिनमा मेरो बुझाई फरक थियो । क्षमा तथा मिलाप ख्रीष्टियनहरुको लागि नयाँ कुरा होइन । जसले येशूलाई विस्वास गरेको छ उसले क्षमा पाएको छ र दिन सकेको छ । यदि कोहि ख्रीष्टमा छ भने उ नयाँ सृष्टि हो पुराना कुराहरु वितिगएका छन भन्ने बाइबलको वाक्यांसलाई कण्ठ पारेको थिएँ । तर जव हामी नेपाली मण्डली र समुदायमा क्षमा मिलापको कुरा लिएर गयौं । मण्डली र ख्रीष्टियनहरु चाहीँ समुदाय र वरिपरि शान्ति निर्माताको रुपमा खडा हुन सक्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य थियो । म र मेरो बुझाई गलत सावित भयो जव हामी मण्डलीहरुमा क्षमाका कुरा गर्न थाल्यौं । हामीले थाहा पायौं मण्डली भित्र र हामी आफै भित्र क्षमा दिन र लिन नसकेको अवस्थामा रहेछाँै । हामी आफैबाट पहिले यो सेवा सुरु गर्नुपर्ने आवश्यकता महसुुस भयो ।
यहिक्रममा २०१० देखि आजसम्म आइपुग्दा हामीले क्षमा तथा मिलापको यो सेवाका पाँच बर्ष पुरा गरेका छौं । क्षमा मिलापको यो विगत पाँच बर्षले हामीलाई विषेशगरि मलाई धेरै अनुभव र केहि कुराहरु सिकाएको छ । यो कार्यक्रम गर्दा संस्थागतरुपमा हामी कति सफल भयौं वा भएनौं, हामीले के कस्ता उपलब्धिहरु हासिल गर्न सक्यौ र हामीले राखेको लक्ष्य प्राप्ति भयो कि भएन भन्ने कुरा फरक पाटो हुनसक्छ । तर व्यक्तिगत जीवनमा के कस्ता कुराहरु सिकाई भयो र यसलाई आफ्नो जीवनमा कसरी प्रयोग गरियो भन्ने कुरा महत्वपूर्ण हुनसक्छ ।
क्षमा मिलापको सेवाले मलाई धेरै कुरा सिक्ने मौका मिलेको छ जसमध्ये मैले मेरो जीवनमा सिकेका तीन मूख्य कुराहरुलाई यहाँ प्रस्तुत गर्न चाहन्छु ।

ड्ड ओठे क्षमाले जीवन बदल्न कठिन हुनेरहेछ ः जव क्षमा र मिलापको कुरा गर्छौं यो हाम्रो दैनिकी जस्तै बन्छ । पटक पटक क्षमा त उच्चारण गरिन्छ भित्र मनमा रहेको जड मेटाउन सकिएको हुदैन । यो अवस्थामा देखावटीरुपमा जतिसुकै क्षमाको कुरा गरे पनि मनबाट मिलाप आउन नसक्ने रहेछ । मेरो आफ्नै अनुभवमा पनि कति पटक क्षमा दिन्छु भनेर अंगालो हालेर मिलाप गरेको ब्यक्ती घरमा आउदाँ ह्ृदयमा अमिलोपन नमेटिएको हुनेरहेछ । यसकारण क्षमा मानिसलाई देखाउनका लागि ओठले उच्चारण गरेर मात्र नपुग्ने रहेछ तर परमेश्वरमा रहेर आफ्नो मन र मस्तिष्कलाई स्वतन्त्र पार्न सक्नुपर्नेरहेछ ।

ड्ड क्षमा लेनदेन पछि पनि कति सम्बन्ध सुध्रन समय लाग्छ र सबै सम्बन्धहरु राम्रै हुन्छन भन्ने पनि छैन ः यो निक्कै कठिन विषय हो । हामी बुझ्छौं क्षमा पछि सम्बन्धहरु पूर्णरुपमा सुध्रिएका हुनेछन् । मेरो अनुभव र सिकाइमा क्षमा एउटा त्यस्तो औजार हो जसले हाम्रो भित्रि मनलाई क्षमा दिन नसकेर उत्पन्न भएका सम्पूर्ण तितोपना र जटिलताहरुबाट छुटकारा दिन्छ । तर यो हुदैमा बाहिरी मानवीय स्वाभावका कारण उत्पन्न समस्याहरु निमिट्यान्न हुन्छन भन्न चाहिँ नसकिने रहेछ । यो प्रक्रिया भएकोले निरन्तर सर्घष गर्नुपर्ने पनि हुन्छ । यदि क्षमा पछि पनि कुनै एक पक्ष तयार नभएमा मिलाप कठिन हुन्छ तर क्षमालाई हृदयलाई स्वतन्त्र तुल्याउँछ । म आफैपनि यस्को सिकार भएको छु । एकातर्फ क्षमामिलाप कै कुराहरु सिकाइरहदाँ, अर्को तर्फ कतिजनासँग सम्बन्ध विग्रन पनि पुगेको छ । लामो समयसम्म पनि आत्मियताको सम्बन्ध सुध्रन सकेन । कति त अझै पनि उस्तै छ तर क्षमालाई मलाई त्यो अक्षमाको बन्धनबाट मुक्त गरेको छ । जव मैले मेरा हृदयबाट क्षमा दिनसके मेरो मनको भित्रि कुनामा कहिँ कतै त्यो ब्यक्तिप्रति कुनै नकरात्मक भावाना बाकीँ रहेन । म परमेश्वरको अनुग्रहमा स्वतन्त्र हुन सकेँ तर मानिसले भन्न सक्छन् तिमीले क्षमा दियौं अर्थात लियौं तर तिमीहरुको सम्बन्धमा सुधार आएको छैन नि । प्रश्न जायज हुनसक्छ तर मेरो बुझाईमा क्षमा कुनै नाटकीय अभिनय होइन नत कलात्मक जादुगरी नै । यो त केवल आफ्नो मनभित्रबाट परमेश्वरको अनुग्रहको शक्तिमामात्र गर्न सकिने अनुभव हो । त्यसकारण मन मिल्यो भने मत मिल्नै पर्छ भन्ने छैन मत फरक भए पनि मन मिल्न सक्नु चाहीँ महत्वपूर्ण कुरा हुन सक्छ । अहिलेसम्म पनि कतिजनासँग मेरो मत मिल्न सकेको छैन उनीहरुको कुरामा म वा मेरो कुरामा उनीहरु सहमत हुन सकिरहेको छैन तर त्यही कुराले मेरो मनमा उनीहरुप्रति कुनै नकरात्मक भावना वा तितोपन बाँकी रहेको छैन ।
ड्ड क्षमा हार होइन तर सुखी जीवन जिउने एउटा काइदा हो ः जव हामी क्षमाको कुरा गछौं त्यो बेला हाम्रो नम्रतापूर्ण क्षमालाई हार पनि सम्झन सक्छ वा आफैलाई पनि हार स्वीकारको आत्माग्लानी हुन सक्छ तर वास्तवमा क्षमा हार होइन । बरु यो त आफ्नै खराव मन माथिको विजय हो । यदि कसैले यसलाई हार नै सम्झिन्छ भनेपनि आफु यसबाट स्वतन्त्र हुने बाटो पहिल्याउनु नै उत्तम हुन्छ । संसारमा कोहि पनि हार्न चाहदैन, सबै क्षेत्रमा सम्पूर्णरुपले जित्न चाहन्छ तर क्षमा ले हामीलाई हार वा जीतको कुरा होइन बरु सुखमय र स्वतन्त्र जीवन जीउने काइदा सिकाउँछ । म आफै यो काइदा सिकिरहेको छु । धेरैपटक हार्नुपर्दाको पीडाले पोल्छ तर क्षमाले यो सवबाट स्वतन्त्र बनाएको छ । मलाई लाग्छ म यो विगत ५ बर्षमै धेरै पटक अचानो बनेको छु । आफैमा, परिवारमा वा समाज र देशमा धेरैपटक हारजितको लँडाई लडेको छु । जित्ने प्रयासमा कयौंपटक पछारिएको छु तर मेरो हारमा नै परमेश्वरले मलाई क्षमाद्वारा स्वततन्त्र र विजयको जीवन दिनुभएको छ । अहिले पनि यो जीवन जिउने काइदा सिकिरहेको छु सिकिरहनेछु ।

क्षमा मिलापका पाँच वर्षमा मैले व्यक्तिगतरुपमा र हामीले संस्थागतरुपमा जे जति प्रयास गर्यौं यो थालनी मात्र हो । जीवनका हरेक पाइलाहरु चुनौतीपूर्ण छन् । बोल्न र सिकाउन जति सजिलो छ आफ्नै जीवनमा प्रयोग गर्नुपर्दा कठिन हुँदो रहेछ । हामीलाई सहयोग गर्ने सबैलाई धन्यवाद् र मैले मेरो कारणले कोही कसैलाई असर पर्नेगरि वा मन दुखाउने कुनै काम वा वोली भएको भए म प्रत्येक समक्ष क्षमा याचना गर्दछु । क्षमा दिनसकौं, स्वतन्त्र बनौं ।

Tags: क्षमा मिलापसिकाइ अनुभव
Previous Post

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

Next Post

मानार्थ विद्यावारिधिबाट रेभ. पा. चेत खरेल सम्मानीत

Sojan Poudel

Sojan Poudel

Next Post

मानार्थ विद्यावारिधिबाट रेभ. पा. चेत खरेल सम्मानीत

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In