१. कोरोना भाइरस (कोभिड १९) को कहर बढेसँगै गरिएको लकडाउनले तत्कालै तपाईंको मण्डलीमा कस्तो प्रभाव प-यो ?
हाम्रो मण्डलीको भिजन २०२० मा ठूलो प्रभाव प-यो । हाम्रो योजना पूरा हुन सकेन । हाम्रो ठूलो उत्सव मनाउने योजना पूरा हुन सकेन । सबै मण्डली–सदस्यहरूमा डर छायो र आफ्नो घर–घरमै बस्न थाल्यौँ । केही हप्ता हामी अन्योलमा प-यौं । पछि जब जुम सेवा उपलब्ध भयो, सबै संगतिहरू सुरु ग-यौं । संगतिमा प्रभाव पा-यो । शारीरिक रूपमा भेटेजस्तो मज्जा आएन । हाम्रो मण्डलीको भेटी–दशांशमा ठूलो प्रभाव पा-यो । हामीले तलब ५०% मात्र दिन थाल्यौं । कर्मचारीले पनि दुःख पाउनुभयो ।
मानिसहरूमा निरासा पनि छायो किनभने धेरैले काम गुमाउनुप-यो । कति नयाँ रेष्टुरेन्टहरू, कफि पसलहरू र होटलहरू बन्द भयो । पर्यटकीय क्षेत्र बन्द भयो र गाडी चलाउनेहरू कम्पनीले कमाई गुमाउनुप-यो ।
२. मण्डलीमा महामारीको त्राससँगै अन्य समस्या र चुनौतीहरू केके थिए ? तिनको उचित सम्बोधनका लागि तपाईंले के गर्नुभयो ?
बिरामी नै भए पनि भेटघाट गर्न जान सकेनौँ । मानिसहरू प्रभुमा सुते पनि राम्रोसँग मृत्यु सेवा गर्न पाएनौँ र मण्डली सदस्यहरूले खान पनि पाएनन् । मण्डलीका लागि चुनौती थियो कि कतिलाई सहायता गर्ने ? कति सहायता गर्ने र कहिलेसम्म सहायता गर्ने भन्ने चुनौती थियो । हामीले हरेक घरेलु संगतिका अगुवाहरूलाई र शाखा मण्डलीका पास्टर अगुवाहरूलाई राम्रोसँग चलायौं । खाँचोमा परेकाहरूलाई सोधी–सोधी राहत दियौं । मण्डली सदस्यहरू पनि धेरै खुसी हुनुभयो । प्रचारकहरूलाई परिचालन गर्यौं । क्षेत्र–क्षेत्र छुट्टाएर फोन गर्ने र भेट्ने जिम्मा दियौं र सजिलो भयो । मण्डली सदस्यसँग हामी सम्पर्कमा रह्यौँ ।
३. कोरोनाको कहर घटेको महसुस भइरहेको छ, तपाईंको मण्डलीले तत्काल दीर्घकालीन रूपमा के–के गर्ने रणनीति तयार गरेको छ ?
अहिले भौतिक दुरी कायम राखेर, मास्क लगाएर र हात धोएर थोरै–थोरै बसेर शरीरमा भेट भएर मण्डलीमा सेवा संगति सुरु गरिरहेका छौं । त्यही शनिवारको सेवा जुम, फेसबुक र यूटुयुबमा पनि प्रत्यक्ष प्रसारण पनि गर्छाैँ ताकि घर–घरबाट नै पनि सेवा संगति संगतिमा लिन पाऊन् ।
संकलन गरेको भेटी मण्डलीमा आएर कुनै पनि दिन बुझाउन सकिन्छ भनी सूचना दिँदै आइरहेका छौं । रोग नलागेकाहरू मात्र मण्डलीमा आउन र अशक्तहरू घरबाट नै बसेर जुमद्वारा प्रत्यक्ष प्रसारण भइरहेको संगति सेवामा बस्न सकिन्छ भनिरहेका छौँ । घरेलु संगतिमा पनि रुघाखोकी र ज्वरो नआएकाहरू मात्र १० जनासम्म भेला हुन सुझाव दिइरहेका छौं ।
कोरोना यत्तिकै रह्यो वा बढ्दै गयो भने जुममा नै सेवा संगति गर्ने र होसियारीसँग भेटघाट गर्ने गर्दै जाने, जुममा तालिम दिँदै जाने विचार छ । लगातार रूपमा मण्डली स्थापना गर्दै जाने ।
४. मण्डलीको मिसनमा कोरोनाले ल्याएको खास चुनौतीहरू केके हुन् ? तिनको दीगो समाधानका लागि मण्डलीले के गर्नुपर्छ ?
कोरोनाले मण्डलीको मिसनमा ठूलो चुनौतीहरू भोग्नुप-यो
चुनौतीहरूः
क. हाम्रो मण्डली स्थापनाको मिसन काम सुचारु गर्न बाधा भयो ।
ख. सुसमाचार कार्यक्रम रोक्नु प-यो
ग. अगुवापन तालिम रोक्नु प-यो
घ. आर्थिक मन्दी भयो र प्रचारकहरूलाई पूर्ण सहायता गर्न गाह्रो प-यो ।
समाधानः
क. नजिक–नजिक र व्यक्ति–व्यक्तिमा सुसमाचार सुनाउन उत्साह दिने
ख. बाइबल अध्ययन झुण्ड–झुण्डमा र अनलाइनमा तालिम दिने
ग. घरेलु मण्डलीहरू स्थापना गर्दै जाने
घ. आर्थिक आय श्रोत बढाउन पशुपालन, कुखुरा पालन र कृषिमा सहयोग गर्ने, आय आम्दानीका परियोजना लघुवित्तिय परियोजनाद्वारा मण्डली सदस्यहरूलाई सहायता गर्ने ।
ङ. आफन्तलाई सुसमाचार सुनाउन जान उत्साह दिने ।
च. आफैं काम गरेर सेवा गर्ने अगुवाहरूलाई प्रोत्साहन दिँदै जाने, पछि स्थानीय मण्डलीको भेटी र दशांसबाट पुगेपछि पूर्णकालीन सेवा राख्न सल्लाह दिने ।