सयांै वर्षको अन्तरालमा आउने यस्ता विपत्तिहरूले हाम्रो जस्तो अल्पविकसित राष्ट्रलाई भने नराम्रो प्रकारले थला पा-यो । छिमेकी राष्ट्र चीनबाट सुरु भएको कोरोनाले धेरै राष्ट्रहरूलाई निकै गाह्रो अवस्थामा पु-याइदियो । यहाँको राजनैतिक अस्थिरताको साथसाथै आर्थिक र स्वास्थ्यको क्षेत्रमा पनि निकै पछाडि परेको हाम्रो देश नेपाललाई निकै पछाडि पा-यो ।
कोरोनाको महामारी जब सुरु भयो, कयौं विकसित राष्ट्रहरूले आफ्नो देश र नागरिकको जिउधनको सुरक्षाको लागि निकै महत्वपूर्ण भूमिका निर्वाह गरे भने कतिले गर्दागर्दै पनि निकै ठूलो मानवीय क्षति व्यहोर्नुप-यो ।
जब संसारमा कोभिड–१९ ले प्रवेश ग-यो, त्यसले विकसित राष्ट्रहरूको साथसाथै नेपालजस्तो अल्पविकसित देशमा पनि प्रवेश ग-यो । गत वर्ष २०७६ साल चैत्र १० गतेदेखि हाम्रो देश नेपालमा पनि कोरोनाको असर देखा परेसँगै बन्दाबन्दी सुरु भयो । यो महामारी आउँदै गर्दा हाम्रो देश नेपालमा भने त्यसको रोकथामको लागि कुनै पूर्वतयारी थिएन । थियो त केवल बन्दाबन्दीको मात्र अवस्था थियो ।
नागरिकलाई महिनौं घरभित्र थुनेर त राखियो तर कसरी जीवनयापन गरिरहेको छ, त्यसको कुनै परवाह गरिएन । हुने खानेहरूको लागि त खासै असर परेन तर हुँदा खानेहरूको लागि भने यो महामारी काल नै बनेर आयो । सो समयमा कयौ नागरिक भोक–भोकै रहे त कयौ बाध्य भएर पैदल यात्रा गरी आफ्नै घर जान बाध्य भए । यो कठिन परिस्थितिमा आवासीय बालगृहहरूलाई पनि निकै अप्ठ्यारो बनायो ।
जब–जब देशमा अनिकाल र महामारी विपत्ति आउँछ, त्यसको प्रत्यक्ष मार पर्ने भनेकै बालबालिका नै हुन् । त्यसमा पनि धेरै बालबालिका एकै ठाउँमा रहने बालगृहहरूलाई भने निकै चुनौति नै भयो । यो महामारीको कारण सबै स्कुल, कलेज साथै शिक्षण संस्थाहरू सबै बन्द भए ।
जुन बेलामा बालबालिकाहरू नयाँ शैक्षिक सत्रमा प्रवेश गर्न लागेका थिए, त्यो बेलामा उनीहरू नयाँ कक्षा प्रवेश गर्ने साथसाथै नयाँ ड्रेस, नयाँ कापी र किताब लिएर जाने जुन जोश जाँगरका साथ अगाडि बढेका थिए, त्यही बेलामा यो कोरोनाले उनीहरूको सबै सपनाहरूलाई चकनाचुर बनाइदियो । उनीहरूको जीवनमा पूरै तुषारापात प-यो । बालबालिका वयस्क मानिसहरूजस्तो सोच्न पनि सक्दैनन् र धैर्यधारण गर्न पनि सक्दैनन् ।
नेपालजस्तो देशमा रहेका बालगृहहरूका बालबालिकाको अवस्था कस्तो भयो होला भन्ने कुराको अनुमान लगाउन सहजै सकिन्छ । आफ्नै १÷२ जना बालबालिकालाई साथमा राखेर सम्झाउन, बुझाउन तथा व्यवस्थापन गर्न धेरै कठिन परेको अवस्थामा भने निश्चित स्रोत र साधनद्वारा संचालित आवासीय बालगृहमा कति चुनौतिको सामान गर्नु प-यो होला । यो महामारीले गर्दा बालबालिकामा भने दीर्घकालिन असर पा-यो । बन्दाबन्दीको अवधिपछि भने स्कुलले अनलाइन पठनपाठन सुरु ग-यो ।
अभिवावकहरूले बाध्य भएर आ–आफ्ना बालबालिकाहरूलाई मोबाइल, कम्प्युटरको व्यवस्था गर्नुप-यो, जसले गर्दा बालबालिकाहरूले अधिकाङ्श समय इन्टरनेटमा बिताउन थाले र पारिवारिक सम्बन्धबाट केही हदसम्म टाढै रहन थाले । त्यसको केही समयपछि भने आफ्नै परिवारहरूसँग रिसाउने, झर्किने तथा एक्लै बस्न मन पराउनेजस्ता लक्ष्यण बालबालिकाहरूमा देखा पर्न थाल्यो, जसको कारण पारिवारिक वातावरणमा नै खलल पु-याउन थाल्यो र पारिवारिक सभ्यतालाई नै चुनौति दियो ।
यसको ज्वलन्त उदाहरण असार १८, २०७७ मा तिलोत्तमा, रूपन्देहीको बुटवलस्थित उपमहानगरपालिका– १३, जितगढीस्थित एक सरकारी बालगृह (बाल कल्याण) मा आश्रित १४ वर्षीय आयुष वि.क. किशोरले रातको समयमा शौचालयमा गई आत्महत्या गरे ।
तसर्थ, बालबालिकाहरूलाई माया प्रेम ज्यादा दिने, उनीहरूसँग पारिवारिक वातावरणमा रमाउने, मनोविज्ञान परामर्श दिने र बेलाबेलामा नयाँ–नयाँ ठाउँमा भ्रमण गराउने गर्नुपर्दछ र उनीहरूलाई कोरोनाबाट परेको नकारात्मक सोचाइबाट सकारात्मक बाटोतिर लैजानु आजको आवश्यकता हो ।
शारदा बाल आश्रय (अध्यक्ष)
बालगृहहरूको महासंघ नेपाल
प्रदेश–३, संयोजक