Saturday, June 28, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home आशिष

विश्व रेकर्ड प्रमाण-पत्र तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न

आशिष सम्बाददाता by आशिष सम्बाददाता
February 21, 2024
in आशिष, समाचार
विश्व रेकर्ड प्रमाण-पत्र तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न
0
SHARES
77
VIEWS
Share on FacebookShare on Twitter

नेपालको सुदूरपश्चिम प्रदेश भिमदत्त-९, ब्रह्मदेव, कञ्चनपुरमा भएको ख्रीष्ट महिमा मण्डलीको सभा हलमा आज वि.सं.२०८० साल फागुन ८ गते (२० फेब्रुवरी २०२४) मंगलबारका दिन विश्व रेकर्ड प्रमाण-पत्र तथा अवार्ड हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । केएमएम मिनिष्ट्रिज र निट्स विश्वविद्यालयका संस्थापक तथा निर्देशक रेभ.डा.नरीराम लुहार ‘बिनोद’ ज्यूले सभाध्यक्षता गर्नुभएको उक्त ऐतिहासिक १ दिवशिय कार्यक्रमको सुरुको प्रार्थना रेभ.बल बहादुर कुमाल ज्यूले गर्नुभएको थियो ।सु.प.प्रदेश सभा सदस्य माननीय हिरा सार्की ज्यू प्रमुख अतिथिको रुपमा रहनुभएको उक्त नेपालकै ऐतिहासिक कार्यक्रमको विशिष्ट अतिथिहरुमा बिलिभर्स डायोसिस सु.प.प्रदेश निर्देशक फादर बिर बहादुर सुनार, सिद्धनाथ सा.व.उ.स.का निवर्तमान अध्यक्ष श्री भवानी दत्त जोशी, ने.का. भिमदत्त ९ नं. वडाका निवर्तमान सभापति तथा सिद्धनाथ मन्दिर संरक्षण समितिका निवर्तमान अध्यक्ष श्री केशब नायक, बरिष्ठ समाजसेवी तथा बुद्धिजीवी श्री मान सिंह रावत, भिमदत्त न.पा. ९ नं. वडा अध्यक्ष श्री गगन सिंह कार्की, ने.का. पूर्व जिल्ला सदस्य, नेपाल दलित संघका निवर्तमान अध्यक्ष तथा ने.का. क्षेत्र नं.३ का महाधिवेशन प्रतिनिधि श्री रमेश दयाल, बरिष्ठ समाजसेवी तथा दलित संघका क्षेत्रीय उपाध्यक्ष श्री बिर बहादुर सुनार र कञ्चनपुर इसाई समाज शाखा भिमदत्त नगरका अध्यक्ष तथा निट्स विश्वविद्यालयका रजिष्ट्रार रेभ. महेश राम लावड हुनुहुन्थ्यो ।पा.खुसी राम चौधरीद्वारा उद्घोषित यस कार्यक्रमका सभाध्यक्ष रेभ.डा.लुहारले विभिन्न विधाहरुमा हासिल गर्नुभएका निम्न बमोजिमका ७ वटा विश्वप्रसिद्ध उपलब्धिहरुलाई प्रमुख अतिथि र विशिष्ट अतिथि ज्यूहरुको बाहुलीद्वारा हस्तान्तरण गरिएको थियो—१.Lifetime Achievement Award (आजीवन उपलब्धी पुरुस्कार) यो पुरुस्कार संयुक्त राष्ट्र पर्वावरण कार्यक्रमका कार्यकारी निर्देशनद्वारा चयन गरी प्रदान गरिने गरिन्छ । यो पुरुस्कार दुई दशकभन्दा बढ़ी समयसम्म मानवीय सेवा गरेको कारण प्रदान गरिन्छ तर हाल अहिले लण्डन बुक अफ वल्र्ड रेकर्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरको सेवामय जीवनलाई सुक्ष्म अध्ययन र मूल्याङ्कन गरेर प्रदान गरिएको हो । २.Global Excellence Award (विश्वव्यापी उत्कृष्ट पुरुस्कार) यो पुरुस्कार एक उल्लेखनीय पहल हो । विभिन्न व्यावसायीहरु, उद्यमीहरु र सेवाप्रदायकहरुलाई उनीहरुको सम्बन्धित क्षेत्रहरुमा असाधारण प्रदर्शन र उपलब्धीहरु पहिचान गरी दिइने पुरुस्कार हो तर हाल यूएसए बुक अफ वल्र्ड रेकर्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरको सेवाकार्य जीवनको मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।३.International Achiever Award (अन्तर्राष्ट्रिय उपलब्धी पुरुस्कार) यो एक प्रतिष्ठित भारतको राष्ट्रिय पुरुस्कार हो जसले स्वास्थ्य, शिक्षा, समाजसेवा, उद्यमशिलता, सक्रियता र एकता जस्ता विभिन्न क्षेत्रहरुमा राष्ट्र र समाजको सेवा गर्न अग्रसर हुने नागरिकहरुको प्रयास र समर्पणको मान्यता दिइँदै दिइने पुरुस्कार हो तर हाल अहिले ज्ञान उदय फाउण्डेसनले रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरको सेवालाई उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।४. Christian Apologist Award (इसाई अपोलोजिष्ट पुरुस्कार) यो विधा विशेषगरी कसैको पक्षमा बोल्ने, वकालत गर्ने, लेख्ने र विवादास्पद तथा आलोचनात्मक विषयबस्तुहरुको प्रतिवाद गर्ने प्रखर व्यक्तित्वहरुलाई दिइने गरिन्छ । तर हाल अहिले इण्डियन आइकन अवार्ड अन्तर्गत ज्ञान उदय फाउण्डेसनको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरको इसाईत्वको शिक्षालाई सुक्ष्म अध्ययन र मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।५. Best Writer Award (सर्वोत्कृष्ट लेखक पुरुस्कार) यो पुरुस्कार साहित्यिक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित र उल्लेखनीय योगदान गरेको आधारमा पुरस्कृत गरिन्छ । सन् १९०१ देखि वार्षिक रुपमा अल्फ्रेड नोबेलको ईच्छाअनुसार स्थापित भएको थियो । यो पुरुस्कार उत्कृष्ट लेखकहरुलाई प्रदान गरिन्छ तर हाल अहिले राडियण्ट ट्यालेण्ट बुक अफ रिकर्डस्ले रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरलाई लुहार जातिमा छोटो समयमा धेरै पुस्तकहरु लेखेको कारण उहाँको उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो । ६. Best Public Speaker Award (उत्कृष्ट सार्वजनिक वक्ता पुरुस्कार) समाजमा प्रचार र सन्देशद्वारा सकारात्मक परिवर्तन ल्याउन अहम् भूमिका निर्वाह गर्ने प्रखर तथा दक्ष व्यक्तित्वहरुलाई दिइने पुरुस्कार हो तर हाल प्राइड अफ भारत अवार्डको स्वामित्वमा रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरलाई उहाँको सार्वजनिक रुपमा प्रचार र सन्देश सम्प्रेषण गरेकोले उहाँको उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।७. International Human Right Award (अन्तराष्ट्रिय मानव अधिकार पुरुस्कार) यो पुरुस्कार संयुक्त राष्ट्र संघले विश्वव्यापी रुपमा मानवीय क्षेत्रमा उनीहरुको हकहित र अधिकारका लागि वकालत गर्ने, कटिबद्ध भई लागि पर्ने कर्मठ व्यक्तित्वहरुलाई मात्र प्रदान गरिने पुरुस्कार हो तर हाल कुमोडिनी एजुकेशन ट्रष्टद्वारा रेभ.डा. नरीराम लुहार ‘बिनोद’ सरलाई सामाजिक कार्यकर्ताको रुपमा उच्च मूल्याङ्कन गरेर प्रदान गरिएको हो ।सभाध्यक्ष ज्यूले प्रमुख अतिथि लगायत सम्पूणर् विशिष्ट अतिथिहरुलाई कदर-पत्र हस्तान्तरण गरी आफ्नो संक्षिप्त भनाई राख्दै कार्यक्रमको समापन गर्नुभएको थियो । अन्तमा विशिष्ट अतिथि फादर बिर बहादुर सुनार ज्यूले पवित्र बाइबलबाट केही उत्साहपूणर् सन्देश पस्कँदै समापन र आशिषको लागि अन्तिम प्रार्थना गर्नुभएको थियो ।

Previous Post

सुन समितिलाई बयान दिन सिंहदरबार पुगे पूर्वसभामुख महरा

Next Post

लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयोजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम सम्मपन्न

आशिष सम्बाददाता

आशिष सम्बाददाता

Next Post
लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयोजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम सम्मपन्न

लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयोजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम सम्मपन्न

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In