अर्जुन प्रधान, अमेरिका ,अमेरिका, २०८२, बीएनसीए (Bhutanese-Nepalese Churches of America-BNCA) ले १२औं बीएनसीए सम्मेलन २०२५ को आधिकारिक घोषणा गर्दै, सहभागिहरूलाई खुशीको खबर सुनाएको छ । विश्वभरका नेपाली ख्रीष्टियन विश्वासीलार्इ एकतामा बाँध्ने ऐतिहासिक १२ औं बीएनसीए सम्मेलन २०२५ आगामी जुलाई ३ देखि ५ सम्म अमेरिकाको रोचेस्टरस्थित Browncroft Community Church मा आयोजना हुने पक्का भएको छ ।

“The Gospel and Me” (सुसमाचार र म) भन्ने मूल विषयवस्तुमा आधारित यो सम्मेलनले सहभागीहरूलाई सुसमाचारको वास्तविक अर्थ र यसको व्यक्तिगत प्रभावबारे गहिरो सिकाइ दिने अपेक्षा गरिएको छ । सम्मेलनको प्रेरणादायी भजन, आराधना, आत्मिक सन्देशहरू र संगतिको वातावरणले सहभागिहरूलाई नयाँ जोश र उमङ्ग प्रदान गर्नेछ ।
१२औं बीएनसीए सम्मेलनमा मुख्य वक्ताहरूका रुपमा पास्टर सिलास थापा (Atlanta, GA), डा. नोर्बु तामाङ (Columbus, OH), पास्टर दिनेश राई (Rochester, NY) र पास्टर सामुएल सिन्चुरी (Akron, OH) रहेका छन्
बीएनसीए (BNCA- Bhutanese-Nepalese Churches of America) को आयोजनामा हुने यो सम्मेलनले अमेरिका र अन्य देशहरूबाट आउने नेपाली ख्रीष्टियनहरूको आत्मिक जीवनमा नयाँ उत्साह भर्नेछ । आयोजकहरूले सहभागिहरूलाई सम्मेलनका लागि मिति सुरक्षित गर्न आग्रह गरेका छन् ।

पवित्र आत्माको सामर्थ्यले भरिएको उत्सव हुने विश्वास गरिएको यो सम्मेलनमा सहभागी हुन इच्छुकहरूलाई बी.एन.सी.ए.को वेबसाइट www.bncausa.org मार्फत थप जानकारी लिन तथा सम्मेलनसम्बन्धी अद्यावधिकहरू हेर्न सुझाव दिइएको छ।
१२औं बीएनसीए सम्मेलन २०२५, सुसमाचारको शक्तिलाई आत्मसात गर्ने र ख्रीष्टियन एकताको अनुभूति गर्ने अनुपम अवसर बन्नेछ ।
(थप जानकारी र अद्यावधिकका लागि BNCA को वेबसाइट हेर्नुहोस्)