ललितपुर, सुनाकोठीमा रहेको शालोम वप्तिस चर्चमा नेपाल रेडक्रस सोसाइटी सँगको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ l
सुनाकोठी आसपासमा बसोबास गर्दै आएका विभिन्न क्षेत्रमा कर्यरत, समाजसेवी , शिक्षक, पत्रकार तथा स्थानीय व्यक्तिहरुको उपस्थिति संगै नेपाल वप्तिस मण्डली परिषदको महासचिव देब आनन्द कडरियाको प्रमुख अतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो l

पछिल्लो समय नेपाली इसाई समुदायले भोग्दै आइरहेको आरोपको बिचमा पनि हामी नेपाली इसाईहरु यहि देशका जनता हुन् , यो देशको माया हामीलाई पनि छ साथै शिक्षा, स्वस्थ्य र सामाजिक कार्यमा इसाई समुदाय पनि अग्रसर रहेको नेपाल वप्तिस मण्डली परिसदको महासचिव देब आनन्द कडरियाले दाबी गर्नुभयो l

आफ्नो शरीरमा रहेको एक पोका रगतले कसैको लागि जीवन दिन्छ भने रक्तदान किन नगर्ने भनि कार्यक्रममा सहभागी भएको स्थानियहरुको भनाइ छ l प्रत्यक्ष अप्रत्यक्ष रुपमा सामाजिक सेवा गर्नु पर्ने भएकोले यो कार्यबाट सामाजिक सेवामा टेवा पुर्याउन सक्ने भएकोले यो रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजकले बताए l उक्त रक्तदान कार्यक्रम बाट १५० जना भन्दा बढी रक्तदाताहरुको रगत संकलन गरिएको छ l
