मिलिजुली ख्रीष्टिय संगतिको आठौं साधारण सभा ललितपुरको खुमल्टारस्थित नव जागृति चर्चमा सम्पन्न भएको छ । पास्टर तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ नेतृत्व चयन गर्दै आठौं साधारण सभा सम्पन्न भएको हो ।

निर्वतमान अध्यक्ष पास्टर हिराकाजी महर्जनको अध्यक्षतामा बसेको सो साधारण सभामा मिलिजुली ख्रीष्टिय संगतिका सह–कोषाध्यक्ष एल्डर कल्पना थापाले स्वागत मन्तब्य राख्नुभएको थियो । पास्टर फेलोसिपका अध्यक्ष प्रमुख अतिथि पास्टर बिरु घिसिङले परमेश्वरको वचनबाट “ हामीमा पनि ख्रीष्टको जस्तै मन हुनुपर्छ” भन्ने विषयमा बोल्नुभएको थियो । त्यस्तै अतिथि ग्वार्को पूर्व इसाई समाजका अध्यक्ष पा. इन्द्र कुमार बस्नेत, ललितपुर ख्रीष्टिय समाजका अध्यक्ष पा. सुन्दर गुरुङले शुभकामना मन्तब्य राख्नुभएको थियो । मिलिजुली ख्रीष्टियसंगतिका कानुनी सल्लाहकार मुकेश महर्जनले पनि आफ्नो मन्तब्य राख्नुभएको थियो ।

साधारण सभामा सचिव पा. अशोक गोतामेले प्रगति विवरण र चालु आर्थिक वर्षको कार्यक्रम प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष पा. दिनेश जर्गा मगरले आयव्यय विवरण र चालु वर्षको अनुमानित बजेट पेश गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा उपाध्यक्ष पा. तेज बहादुर सूर्यवंशीले धन्यवादको मन्तब्य राख्नुभएपछि निवर्तमान अध्यक्ष पास्टर हिराकाजी महर्जनले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नु भएको थियो
बन्द सत्रमा विभिन्न विषयहरू निर्णय गरेपछि निर्वाचन मण्डलले नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरेको थियो । सोहि अनुसार सर्वसम्मत पा. तेज बहादुर सूर्यवंशीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको थियो । जसअनुसार पा. शावल गुरुङ उपाध्यक्ष, पा. हिराकाजी महर्जन सचिव, अमृता महर्जन सहसचिव, पा. दिनेश जर्गा मगर कोषाध्यक्ष, पा. आकाश थामी सह–कोषाध्यक्ष र सदस्यहरूमा मिना शाक्य, कल्पना थापा, लाप्चन तामाङ चयन हुनुभएको थियो ।