नेपाल राष्ट्रिय मण्डली समिति र नेपाल ख्रिष्टियान समाज लुम्बिनी र कर्णाली प्रदेश द्वारा आयोजित सल्लाहकार परिषद अभिमुखिकरण कार्यक्रम र लुम्बिनी प्रदेशका अध्यक्ष पा. बावुराम बस्नेत ले स्वागत मन्तव्य राख्नुभएको थियो।
क्वइनानिया चर्च पाटन का पाष्टर प्रकाश सुब्बा नेपाल भरि छरिएर रहेको समकालीन नेपालका मण्डलिहरु एक भएर संगति को लागि सुरुवात भएको एन.सि.एस. को सुरुवात जुन बेला भेलामा नेपाल भरि बाट एक सय पचास जान जति भेला हुने कुरा पाष्टर प्रकाश सुब्बाले बताए।उक्त कार्यक्रम बाँके जिल्लाको आनन्द ए.जी चर्च कोहलपुरमा भएको हो ।
२४ जना परिषद् को सल्लाहकार रहेको कुरा पवित्र आत्माले मलाई बाइबल को बचन प्रकाशको पुस्तक मा उल्लेख भएझै २४ जना धर्म गुरुहरु रहेको जनाए । एनसिएस र एनसिएफको सबैले एकता गर्नुपर्छ जुन मुक्तिको प्रक्रियागत प्रकृया एकता हो भनी उनले जोडदिए । साथै आफू एसिएफको अध्यक्ष हुँदा १० बुंदे सहमति गरेको र यो एकतालाई सातै वटा प्रदेशमा एकता गरि बाह्य दबाबको सामना गर्न यसको महत्त्व रहेको उनले बताए एफिसी १५-१६
यो समय र सन्दर्भमा हामी एक भएर खिष्टको उदारहण पच्छ्याउ उत्साह दिँदै यो एकता सरकार वा अन्य निकायलाई देखाउनलाई नभई यो ईश्वरी इच्छा रहेको भनाइ राखेका थिए।हामिले नयाँ पुस्तालाई एक बाईबलिय नमुना छोड्नुपर्ने ।
सो कार्यक्रममा एनसिएस र एनसिएफ का अध्यक्ष रेभ. प्रकाश सुब्बा र हनोक तामाङ , कार्यक्रम को कार्यपत्र प्रस्तुत एनसिएफएन का केन्द्रीय सचिब पा. वीर बहादुर तामाङ , एनसिएस का महासचिव पा. डिल्लीराम पौडेल, उपमहासचिव राजेन्द्र मल्ल लगाएत प्रदेशका १३० जना प्रतिनिधिहरको उपस्थिति रहेको थियो ।
एजी चर्चका कार्यकारी अध्यक्ष एल वी चौधरी, सदस्य जीवन गरुङ्ग ले आफ्नो मनतव्य राख्दै कुनै पनि कुरा बलियो हुन एकता हुनु पर्ने अध्यक्ष एलवी चौधरीले आफ्नो भनाइ राख्नु भएको थियो ।
पा. हनोक तामाङ का अनुसार एनसिएफएन र एनसिएस सँगसँगै काम गर्नुपर्ने जोड दिएका थिए।महासचिव पा.डिल्लीराम पौडेल नेपाल को मण्डलीले पनि अन्य देशमा मिसननेरी हुन सक्नेकुरा बताउँदै यो परिस्थिति सृजना गर्नुपर्ने बताए । अग्रजहरुप्रति धन्यवाद र आशिर्वाद सहमतिमा ल्याउन आआफ्नो तर्फबाट सहकार्य गर्नुपर्ने बताए । साथै आपसमा धार्मिकताको लागि हामी सबै सम्प्रदाय संघसंस्था मण्डली एकतामा एक भएर काम गर्नु पर्ने बताए। अगाडीको पुस्ताले असल संस्कार स्थपित गरि आउने पुस्ताहरुलाई नमूना छोडेर जानू पर्ने एन सि एस का महासचिव डिल्लीराम पौडेलले बताए। हामी एक्लै ढौडेर