ग्लाेबल ट्रेनिङ नेटवर्कबाट सञ्चालित इश्वरीय आरोहण तालिमले नेपालमा सफलताकाे साथ मुख्य आगुवा र प्रमुख प्रशिक्षक दिक्षान्त समाराेह आयोजना गरेकाे छ ।
साे दिक्षान्त समाराेह लाेकन्थलीकाे ह्दय आशिष चर्चमा सम्पन्न गरिएकाे हाे । साे दिक्षाण्तमा १६ जनालाइ इश्वरीय आरोहण तालिमकाे तह १, २, ३ र ४ पूरा गरेकाेले प्रमाण पत्र प्रदान गरिएकाे छ । त्यसकाे साथै दिलिप तामाङ, सनम राई र थाेमस बाेगटीलाई प्रमुख प्रशिक्षककाे प्रमाणपत्र प्रदान गरिएकाे छ ।
इश्वरीय आरोहणकाे तालिममा गुरू प्रशिक्षक बन्नका लागि हरेक तहलाई ४ पटक पूरा गर्नुपर्ने मापदण्ड स्वरूप साे उपाधी प्रदान गरिएकाे हाे । पहिलाे तह राेमीकाे पुस्तकः जीवन र रूपान्तरणकाे मानचित्र, दाेश्राे तह परमेश्वर पिताकाे ह्दयसँग तपाइँकाे दय मिलाउने, तेश्राे तह अगुवाकाे गुणनात्मक वृध्दि र चाैथाे तह प्रेरितकाे पुस्तकबाट चेला निर्माण, चर्च स्थापना र अगुवापन विकाश सम्बन्धी तालिम उपलब्ध गराएकाे छ ।
हालसम्म नेपालमा इश्वरी आरोहण तालिमले नेपालकाे ५ जिल्लामा तालिम सञ्चालन गरेकाे छ । काठमाण्डु, भक्तपुर, ललितपुर, काभ्रे र राैतहटमा गरेर १५० जनाले साे तालिमबाट एक चरणकाे दिक्षान्त प्राप्त गरेकाछन् । इश्वरीय आरोहण तालिम अनुसार पहिला सहभागी, त्यसपछि अवलाेकनकर्ता, सहयाेगी प्रस्ताेता, मुख्य प्रशिक्षक र प्रमुख प्रशिक्षकसम्म उपाधी पाउन तालिम पूरा गर्नुपर्छ ।