पावल थियोलोजिकल सेमिनारीले विगत बर्षहरु जस्तै आइतबार चैत्र १३ गते २०७६ साल तदानुसार २७ जनवरी सोमवारका दिन छैटौंं दिक्षान्त समारोह भव्यताकासाथ सम्पन्न गरेको छ । दिक्षान्त समारोहमा नेपालको विभिन्न मण्डलीहरुवाट अध्ययन गरिरहनुभएका बि.टि.एच. ३ वर्षे कार्यक्रमका १८ जना बिध्यार्थीहरु दिक्षान्तित् भएका हुन् । कार्यक्रममा दिक्षान्तित् विध्यार्थीहरुलाई सर्टिफिकेट , उत्कृष्ट विध्यार्थी अवार्ड साथै उत्कृष्ट प्रचारकको अवार्ड समेत प्रमुख अथितिबाट प्रदान गरिएको थियो । नेपाल ख्रीष्टियन समाजका महासचिव पा. डिल्ली राम पौडेलले सेवकार्यका यात्रामा निकै चुनौतिहरु आउने र समस्या र चुनौतिका बाबजुद जीवनको अन्तसम्म निरन्तर सेवकाईमा लाग्न विद्यार्थीहरुलाई उत्साह दिनुभएको थियो । विद्यार्थीहरुले पढाईका दौरानमा हासिल गरेका अनुभव र शिक्षकले पढाउँदाको अनुभव कार्यक्रममा बाडेका थिए । सन् २००६ बाट शुरु भएको सेमिनारीबाट दिक्षित सबै विद्यार्थीहरु निरन्तर सेवकाईमा सक्रिय रहेको कार्यक्रम संचालक गोविन्द जि.सी.ले जानकारी दिनुभयो ।