काठमाडौं, २०७६ पुस ६ गते । ललितपुरको भैंसीपाटी र आसपासमा रहेका विभिन्न मण्डली (चर्चहरू) मिलेर बनेको नमूना ख्रीष्टियन समुदायको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रम भैंसीपाटीमा नेपाल कम्युनिष्ट पाटीकी प्रभावशाली नेतृ तथा सांसद मान्य पम्पा भुसालको प्रमुख आथित्यमा सम्पन्न सम्पन्न भएको छ ।
नेपाल कम्युनिष्ट पार्टीकी प्रभावशाली नेतृ तथा ललितपुर क्षेत्र न. ३ की प्रतिनिधि सभा सांसद माननीय पम्फा भुसालले अल्पसंख्यक ख्रीष्टियन समुदायलाई विभेद गरेमा मुलुक समृद्ध नहुने बताएकी छिन् ।
नमूना ख्रीष्टियन समुदायको आयोजनामा ख्रीष्टमस शुभकामना आदान प्रदान कार्यक्रमको उद्धघाटन सहित ख्रीष्टमस तथा नयाँवर्ष २०२० को शुभकामना मन्तव्य दिँदै उनले देशमा गणतन्त्र ल्याउन र देशको विकासमा नेपाली ख्रीष्टियन समुदायको योगदान प्रशंसनिय रहेको उनको भनाई थियो ।
कार्यक्रममा रेभ. प्रकाश सुब्बाले परमेश्वरको वचनबाट ख्रीष्टमसको सन्देश बाँड्नु भएको थियो भने सोहि कार्यक्रममा शुभकामना मन्तव्य दिँदै नेपाल ख्रीष्टियन समाजका महासचिव पास्टर डिल्लीराम पौँडेलले नेपाली ख्रीष्टियन समुदाय असत्यका विरुद्धमा प्रार्थनाको आन्दोलन गर्ने प्रार्थनाको योद्धाहरु भएको बताउनु भएको छ ।
त्यस्तै कार्यक्रममा सुभकामना मन्तब्य दिदै नेपाली ख्रीष्टियनहरुलाई राष्टले ब्यवस्त गरे पनि राष्टलाई माया गर्ने ख्रीष्टियन हरु रहेको र निरन्तर प्रार्थनाद्वारा राष्टको उन्नतीको लागी आन्दोलन गरिरहने एन .सी एफ नेपाल का केन्द्रीय अध्यक्ष हनोक तामांग को भनाइ रहेको थियो l
कार्यक्रममा प्रदेश सभा सांसद माननीय जीवन खड्का, माननीय निरुकुमारी कुँवर, ललितपुर महानगरपालिका, बाग्मती गाउँपालिकाका वडाध्यक्षहरु, ख्रीष्टियन महागुठीका प्रतिनिधि, समाजिक अभियन्ता तथा बुद्धिजीविहरु र ललितपुरका विभिन्न मण्डलीका पास्टर तथा अगुवा त्य्फ़ चर्च सदस्यहरुको उपस्थिती रहको थयो । कार्यक्रमको अध्यक्षता समुदायका अध्यक्ष रेभ. शामूएल सोदेम्बाले गर्नुभएको थियो भने पास्टर पदम पराजुली र पास्टर किरण दासले संयुक्त सञ्चालन गर्नुभएको थियो l कार्यक्रम मा ६० वटा भन्दा बढी स्थानीय मण्डलीहरू को उत्साहजनक सहभागीता रहेको आवद्धता रहेको थियो l