Sunday, June 29, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

येशूको पुनरुत्थानका लागि ७ ओटा साक्षी

Sojan Poudel by Sojan Poudel
April 20, 2021
in विचार/लेख
सुसमाचारको आगमनसँगै मान्छेले मान्छेको मासु खाने पुरानो अभ्यासमा पूर्ण विराम

-कमल अधिकारी

0
SHARES
183
VIEWS
Share on FacebookShare on Twitter

-कमल अधिकारी
येशू ख्रीष्टियमतका संस्थापक हुनुहुन्छ, जो आजभन्दा लगभग दुई हजार वर्षअगि यस धरतीमा जिउनुभयो । उहाँ यस धरतीबाट बिदा हुनुभएको केही वर्षभित्रमा नै उहाँका अनुयायीहरूले उहाँको जीवनीलाई लिखित रूप दिए ।

पवित्रशास्त्र बाइबलको दोस्रो विभाजन अर्थात् नयाँ करारका अगिल्ला चार वटा पुस्तक येशूकै बारेमा लेखिएका जीवनी हुन्, जसलाई ‘सुसमाचारहरू’ भनिन्छ । ती चारै जना जीवनीकारले येशूको बारेमा विचित्रका घटनाहरू अभिलिखित गरेका छन्, जसमध्ये एउटा हो-मरेको तेस्रो दिनमा उहाँ पुनर्जीवित हुनुभयो । यस दाबीको लागि हामीसित दह्रिला साक्षीहरू छन् जसमध्ये यहाँ ७ ओटा प्रस्तुत गरिएका छन् ।

१. येशूको चिहान रित्तो थियो
येशूको मृत्युपश्चात् योसेफले पिलातसलाई उहाँको मृत शरीरको लागि बिन्ती गरे । योसेफ येशूका एक गुप्त चेला थिए, जो महासभाका सदस्य पनि थिए ।

येशूलाई चट्टानमा खोपेर बनाइएको योसेफकै चिहानमा दफन गरियो । तर हप्ताको पहिलो दिन चिहान रित्तो देखा प-यो । मृत शरीर कहाँ गयो ? दुई ओटा विकल्प हुन सक्छन्ः कि शव चोरी भयो कि भने येशू वास्तवमै पुनरुत्थान हुनुभयो ।

डरपोक चेलाहरूले बहादुर रोमी सिपाहीहरूको विरुद्धमा लडाइँ गरी येशूको शवलाई चोरेर लगे र त्यही झुटको लागि तिनीहरू सहिद भए भन्ने परिकल्पना वाहियात छ । येशूको पुनरुत्थानको लागि रित्तो चिहानको यथार्थता एउटा महत्पूर्ण, साथै मजबुत साक्षी हो ।

२. स्त्रीहरूले रित्तो चिहानको गवाही दिए
येशूको चिहान रित्तो थियो भनी पहिले गवाही दिने स्त्रीहरू नै थिए भनी चारवटै सुसमाचारले बताउँछन् । येशूको पुनरुत्थानको घटना काल्पनिक थियो भने कुनै पनि लेखकले स्त्रीहरूलाई पुनरुत्थानको गवाहीको रूपमा पेस गर्दैनथ्यो । किन ? किनकि पहिलो र दोस्रो शताब्दीका यहूदीसाथै रोमी संस्कृतिमा स्त्रीहरूलाई कम आदर गरिन्थ्यो । तिनीहरूको गवाहीमाथि प्रश्न तेर्साइन्थ्यो ।

पुरुषहरूको साक्षीको तुलनामा तिनीहरूको साक्षीलाई कमजोर मानिन्थ्यो । स्त्रीहरूले पहिलो पटक रित्तो चिहान पत्ता लगाए भनी बताउने यस्तो लज्जास्पद विवरणलाई तिनीहरूले समावेश गर्नुको एउटै कारण हो कि यो वास्तवमै घटेको थियो ।

३. मण्डलीलाई सताउने शाउलको परिवर्तन भयो
पहिले शाउल भनी चिनिएका टार्ससका पावल आदि मण्डलीमाथि आक्रामक रूपमा खनिएका थिए । तिनी शिक्षितसाथै विद्वान थिए । तर दमस्कसको बाटोमा पुनरुत्थान हुनुभएका प्रभु येशू तिनीकहाँ देखा पर्नुभएपछि तिनी ख्रीष्टियमतको पक्का मिसनरीमा परिवर्तन भए ।

ख्रीष्टलाई अङ्गालेपछि तिनले जीवनमा कोर्रा, कुटाइ–पिटाइ, भोक, कैदसाथै विविध दुःखहरूको सामना गरी सहिद भएर यस धरतीबाट बिदा भए । केले तिनको जीवनमा १८० डिग्रीको परिवर्तन ल्यायो ? तिनका आफ्नै शब्दहरू यस्ता छन्, “सबैभन्दा अन्त्यमा असमयमा जन्मेको मानिसकहाँ जस्तो मकहाँ पनि उहाँ देखा पर्नुभयो” (१ कोरिन्थी १५ः८) ।

४. सन्देहवादी याकूबको जीवनमा असाधारण परिवर्तन देखा प-यो
येशूका याकूबसाथै अन्य भाइ–बहिनीहरू थिए भनी बाइबलले बताउँछ (मत्ती १३ः५५) । पुनरुत्थानअगि याकूबले येशूमा विश्वास गरेका थिएनन् (यूहन्ना ७ः५) । तर तिनको जीवनमा एउटा निर्णायक मोड आयो अर्थात् पुनरुत्थानपश्चात् येशू तिनीकहाँ देखा पर्नुभयो (१ कोरिन्थी १५ः७) । उहाँसित भएको जम्काभेटको परिणाम स्वरूप तिनी एक ख्रीष्टियान मात्र भएनन्, तर पछि यरूशलेम मण्डलीका अगुवासमेत भए ।

पुनरुत्थानको कारणले येशू मसीह हुनुहुन्छ भनी तिनी यति विश्वस्त भए कि तिनले सहादत प्राप्त गरे । सन्देहवादी याकूबको परिवर्तन र मृत्युलाई व्याख्या गर्ने एउटै तत्त्व हो-यशूको पुनरुत्थान ।

५. येशूका चेलाहरूमा नाटकीय परिवर्तन आयो
येश गिरफ्तार हुँदा सबै चेलाले उहाँलाई छाडेर भागे । आफ्ना गुरुलाई क्रुसमा झुण्ड्याएपछि अब तिनीहरूको पालो आउँथ्यो भन्ने डरले तिनीहरू कोठाभित्र लुकेर बसेका थिए । तर तिनीहरूको जीवनमा केही भयो, जसले ती डरपोक चेलाहरूलाई निर्भीक प्रचारकहरूमा उभ्याइदियो ।

केही हप्तापछि नै हजारौँको भिडमा उभिएर तिनीहरूले साहसपूर्वक येशूको सन्देश बाँड्न थाले । केले तिनीहरूको जीवनमा नाटकीय परिवर्तन ल्याइदियो ? येशूको पुनरुत्थानबाहेक अर्को ऐतिहासिक व्याख्या हुन सक्दैन ।

६. पुनरुत्थानपश्चात् येशू धेरै जनाकहाँ देखा पर्नुभयो
पुनरुत्थानपश्चात् येशू विभिन्न मानिसहरूकहाँ देखा पर्नुभयो भनी ख्रीष्टाब्द ५५ मा आफूले कोरिन्थीहरूलाई लेखेका पत्रमा प्रेरित पावलले उल्लेख गरेका छन् (१ कोरिन्थी १५ः५–८) । तिनले यो पत्र लेख्दासम्म पुनरुत्थान हुनुभएका येशूलाई देख्नेहरूमध्ये कति जना जीवितै थिए, जसलाई येशूको पुनरुत्थान वास्तवमै घटेको थियो वा थिएन भनी सोध्न सकिन्थ्यो ।

येशूको पुनरुत्थानपछिका १० ओटा प्रकटीकरणलाई नयाँ करारले अभिलिखित गरेको छ । समय, स्थान र व्यक्तिहरू फरक–फरक भएकाले ती प्रकटीकरणहरूलाई दृष्टिभ्रमको रूपमा व्याख्या गर्न सकिँदैन, न त ५०० भन्दा बेसी मानिस एकै चोटि उही कुरोमा दृष्टिभ्रममा पर्छन् भन्ने कुरोलाई मनोवैज्ञानिकहरू स्वीकार गर्छन् ।

७. ख्रीष्टियान मण्डलीको उदय भयो
सांस्कृतिक परिवर्तनको लागि कुनै कारण हुनुपर्छ भन्ने कुरो हामीलाई भन्दा बढी इतिहासकारहरूलाई थाहा छ । ख्रीष्टियान मण्डलीको उदय इतिहासको एउटा यथार्थता हो ।

पहिलो शताब्दीमा नै मण्डली यति व्यापक रूपमा फैलिएको थियो कि यो रोमसम्म पुग्न सफल भयो । येशूको पुनरुत्थानबिना ख्रीष्टियान मण्डलीको उदय र वृद्धिलाई व्याख्या गर्न मुश्किल छ ।

येशूको पुनरुत्थान कुनै कपोकल्पित कथा नभएर इतिहासको एउटा महान्तम घटना हो भन्नाका लागि साक्षीहरू पर्याप्त छन् । यसलाई खण्डन गर्न तम्सेकाहरू वर्षौंको अनुसन्धानपश्चात् घुँडा टेकी यसो भन्न बाध्य भएका छन्, “मेरा प्रभु, मेरा परमेश्वर ।”

Previous Post

दर्शन २०२१

Next Post

कवि ए.सी.को ‘सुसेली र बलिदान’ कवितासङ्ग्रहको विमोचन

Sojan Poudel

Sojan Poudel

Next Post
कवि ए.सी.को ‘सुसेली र बलिदान’ कवितासङ्ग्रहको विमोचन

कवि ए.सी.को ‘सुसेली र बलिदान’ कवितासङ्ग्रहको विमोचन

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025
तालीम केन्द्र भवनको उद्घाटन

तालीम केन्द्र भवनको उद्घाटन

June 5, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

निट्स बाइबल कलेजबाट ६१ जना विद्यार्थी दिक्षान्तित, बाइबलीय सेवाको नयाँ अध्याय सुरु

June 20, 2025
ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

ख्रीष्टियन मिडियाकर्मीहरूको एकतामा समर्पित समिट सम्पन्न

June 20, 2025
“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

“बालबालिकाका लागि प्रार्थनाको दिवस” आउँदो शनिबार देशव्यापी रूपमा मनाइने

June 5, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In