कवि ए.सी.को ‘सुसेली र बलिदान’ कवितासङ्ग्रहको विमोचन

0
50

ललितपुर । कवि शेर ए.सी. का दुई कवितासङ्ग्रहहरू ‘सुसेली र बलिदान’ को एक विशेष कार्यक्रमका बिच विमोचन गरिएको छ ।

वैवाहिक जीवनको २४औं वर्षगाँठको सुखद अवसरमा बिहीबार एक विशेष कार्यक्रमका बिच नेपाल राष्ट्रिय मण्डली सङगतिका अध्यक्ष रेभ. हनोक तामाङ र क्वाइनोनिया पाटन मण्डलीका बरिष्ट पास्टर डा. मंगलमान मर्हजनले संयुक्त रूपमा दुई गीत तथा कविताका सँगालोहरू सुसेली र बलिदानको विमोचन गर्नुभएको हो ।

शोभा कार्की (ए.सी.) द्वारा प्रकाशित उक्त कृतिमा कवि ए.सी. ले २०५९ देखि २०७७ सम्मका विभिन्न समयमा लेखिएका गीत/कविताहरू, बलिदानमा ७४ र ५० वटा आध्यात्मिक गीत/कविताहरू समावेश गरेका छन् भने सुसेली कवितामा २२ र ५९ वटा सेकुलर गीत/कविताहरू समावेश गरेका छन ।

कवि ए.सी. ले आफ्नो वलिदान कवितासङ्ग्रहमा विभिन्न समयमा ख्रीष्टियन समुदायमाथि आइपरेका सतावट वा समस्या र ख्रीष्टियन जीवन भोगाइका सुख/दुःखहरू साथै ख्रीष्टियन समुदायभित्र भएका विकृति एवम् विसंगतिलाई पनि आफ्ना कवितामार्फत उजागर गर्ने प्रयास गरेका छन् । त्यसैगरी उनले सेकुलर कवितासङ्ग्रह, सुसेलीमा पनि माया प्रीतिका कुराहरू, देश र प्रकृतिको वर्णन, एक ठाउँदेखि अर्को ठाउँसम्म गरिएका यात्रा, भेटघाटमा गरिएका अनुभूति र देखेका सुनेका अनुभवहरू कवितामा उतारेका छन् ।

क्वाइनोनिया पाटन मण्डलीका एल्डर जर्नादन त्रिपाटीको सञ्चालन रहेको ऊक्त विमोचन कार्यत्रममा एन.सी.एफ नेपालका अध्यक्ष हनोक तामाङले कवि ए.सी.को व्यक्तित्व, लेखनकार्य र सेवा कार्यका बारेमा आफ्नो धारणा राखेका थिए ।

उनका अनुसार प्रस्तुत कृतिले सबै उमेर समूहका पाठक र धर्मशास्त्रीय मान्यताको आधारमा प्रभुबाट बोलावट पाएका धर्मसेवकले पूरा गर्नुपर्ने दायित्वको गहनतम पक्षलाई समेटेको कुरा जानकारी गराए । उनले भने, ‘आफनो कार्यव्यस्तताका बावजुद पनि साहित्यसाधनामा निरन्तर कलम चलाउने जाँगर र उर्जा लेखकमा देख्न पाउँदा म उहाँको ऊर्जावान् जोसको विशेष सराहना गर्दछु’ ।

त्यसैगरी पास्टर डा. मंगलमान महर्जनले कवि शेर ए.सी. को लेखनकार्य, वैवाहिक जीवन र योगदानका बारेमा चर्चा गरेका थिए ।

उनले धर्मशास्त्र बाइबलबाट केही उत्साहका शब्दहरू बोल्दै यसरी आशिष्मय तरिकाले दाम्पत्य जीवन कुनै समस्या र कठिनाइ विना यहाँसम्म ल्याइपुराएकोमा दुवै जनालाई बधाई दिँदै अझ उज्ज्वल भविष्यको विशेष शुभकामना पनि दिएका थिए ।

वैवाहिक जीवनको पच्चिसौं वर्षगाँठ तथा पुस्तक विमोचन कार्यक्रममा एल्डर नारायण रिसालले कविता वाचन गरेका थिए भने कवि स्वयम् शेर ए.सी. ले पनि दुईवटा कविताहरू श्रीमती शोभा ए.सी. का लागि वाचन गरेका थिए ।

कार्यक्रममा विभिन्न चर्चका पास्टर अगुवा, लगायत ख्रीष्टियन समुदायका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here