Friday, September 5, 2025
Hamro Ashish

हाम्रो आशिष्

Hamro ashish radio
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine
No Result
View All Result
Hamro Ashish
Home विचार/लेख

ख्रीष्टियानहरूले सुकर्मद्वारा परमेश्वरलाई महिमा दिनुपर्छ ।

Sojan Poudel by Sojan Poudel
May 28, 2020
in विचार/लेख
ख्रीष्टियानहरूले सुकर्मद्वारा परमेश्वरलाई महिमा दिनुपर्छ ।
0
SHARES
46
VIEWS
Share on FacebookShare on Twitter

-पास्टर राजेन्द्र मल्ल

सारा संसारमा, सारा इतिहासमा सबभन्दा महत्वपूर्ण र धेरै प्रचार गरिएको उपदेशचाहिँ येशूले दिनुभएको “डाँडाको उपदेश” हो, जुन उपदेश मत्तीले अध्याय पाँचदेखि सातसम्म लेखेका छन् । यस उपदेशमा येशूले परमेश्वरको राज्यका मानिसहरू कसरी जिउनु पर्छ भनेर बताउनुहुन्छ । जब यो उपदेश दिनुभयो, अरू मानिसहरूले पनि सुने र उहाँको शिक्षामा छक्क परे । ख्रीष्टियानहरूले सुकर्मद्वारा फरक किसिमले नेतृत्व गर्नु र जिउनु पर्दछ किनभने नष्ट भइरहेको संसारमा हामी नुन र ज्योति बन्नु हो र हाम्रो स्वर्गीय पितालाई महिमा दिने असल कार्यहरू गरेर यसलाई अभिव्यक्त गर्नु हो ।

संसारका मानिसहरू धन, मान र इज्जतको पछि हिँड्छन् । परमेश्वरले जुन कुरालाई प्राथमिकता दिनुहुन्छ, त्यो संसारको भन्दा फरक छ, जो तोडिन्छन् । समस्यामा परेका मानिसहरूलाई सेवा गर्नुपर्छ, टुटेका मानिसलाई प्रेम गर्नुपर्छ । हामी परमेश्वरको वचन सुन्छांै, पढ्छांै र पालन गर्छाैं भने हाम्रो जीवन परिपर्तन पक्का हुन्छ ।
ख्रीष्टियानहरूले सुकर्मद्वारा परमेश्वरलाई महिमा दिन विशेष तीन कुराहरूलाई पालन गर्नु पर्दछः

१) विश्वासीहरू नुनजस्तै उपयोगी भएर समाजमा ठूलो प्रभाव पार्न सकिन्छ (मत्ती ५ः१३) ।
नुनबिना मानिस बाँच्न निकै गाह्रो पर्छ । नुन साह्रै महत्वपूर्ण कुरा हो । नुन पग्लिएर भित्रसम्म जान सक्छ, तब स्वाद दिन्छ । पग्लनु भनेको चाहिँ बलिदान हुनु हो । नुनका मुख्य कामहरूः
-गल्न नदिने वा सड्न दिँदैन र नाश हुनबाट रक्षा गर्नु ।
– स्वादिलो बनाउने, गुण नुनिलो र थोरै नुनले ठूलो असर गर्छ (कलस्सी ४ः६) ।
– नुनले भिन्नता गराउँछ र नुन काम लाग्ने हुन्छ ।
संसार सडिरहेको छ, मानिसहरू परमेश्वरमाथि विश्वास गर्न चाहँदैनन् र आज्ञापालन गर्दैनन् । तिनीहरू बिग्रिएको मासुजस्तै आत्मिक रीतिले सडेर जान्छन् । मानिसहरूलाई सुरक्षा चाहिएको छ । ख्रीष्टियानहरू पृथ्वीका नुन हुन् । हामी ख्रीष्टियानहरू नुनजस्तै हुनुपर्छ । संसारमा हामीबाट भिन्नता अथवा विकास ल्याइनुपर्छ । जसरी नुनले पानीको स्वाद बदल्छ, त्यसरी हामीले संसारको स्वाद बदल्नुपर्छ । मेरो स्वाद नुनजस्तै छ कि भनेर हामीले एक–एक जनाले आफैंसित सोध्नुपर्छ । हाम्रो वरपर भएको संसारको स्वादभन्दा हाम्रो स्वाद फरक छ कि हाम्रो स्वाद हराएको छ भने हामी बेकम्मा हुन्छौं । हामी नक्कली ख्रीष्टियान हुन्छौं । लूका १४ः३५ अनुसार अलिनो नुन मलको निम्ति पनि काम लाग्दैन । त्यो कुनै पनि कुराको लागि काम लाग्दैन । स्वाद नभएका ख्रीष्टियानहरू अर्थात् पवित्र आत्माले नभरिएका ख्रीष्टियान कुनै अर्काे उपायबाट स्वादिलो हुन सक्दैन । साँचो ख्रीष्टियानको स्वाद पवित्र आत्माबाट मात्र आउँछ । येशू प्रभुको बलिदानले उहाँमाथि विश्वास गर्ने सबैको पापको क्षमा भयो ।
मानिसहरूलाई आत्मिक नुन चाहिन्छ । हरेक ख्रीष्टियान एउटा नुनको कणजस्तै छ । ख्रीष्टमा विश्वास गर्नेहरूले मात्र साँचो विकास अर्थात् आत्मिक विकास ल्याउन सक्छन् तर हामी नुनिलो रहन्छौं भने मात्रै त्यसो गर्न सक्छौं ।

२) सबैका लागि उपयोगी भयौं भने हाम्रो कुराको सबैले महत्व राख्दछन् (मत्ती ५ः१४—१५)
ख्रीष्टियानहरू नुन मात्र होइनन् तर संसारका ज्योति पनि हुन् । ज्योति चम्कनेचाहिँ हामीमा हुनुभएको पवित्र आत्मा हुनुहुन्छ । ज्योतिचाहिँ हाम्रो होइन तर ख्रीष्टको ज्योति हो । ख्रीष्ट आफैं ज्योति हुनुभएको हुनाले हामी पनि ज्योति हौं (यूहन्ना ८ः१२) । संसार अँध्यारोमा परेको छ, पापको अँध्यारो, अज्ञानताको अँध्यारो, परमेश्वरसितको बिछोडको अँध्यारो । हामी विश्वास गर्नेहरू पनि पहिले अन्धकारमा थियौं तर अहिले हामी उज्यालो भएका छौं (एफिसी ५ः८, फिलिप्पी २ः१५) । हामी आफैंसित बारम्बार सोधिरहौं, मेरो ज्योति चम्कँदैछ कि मेरो बत्तीमा तेल छ कि पवित्र आत्मा हाम्रो बत्तीको तेल हुनुहुन्छ । पवित्र आत्माबिना हाम्रो बत्ती बल्न सक्दैन । तेल बलेर जान्छ, हरेक दिन हामीले आफ्नो बत्तीमा तेल हाल्नु आवश्यक छ । हामी पवित्र आत्माले भरिपूर्ण भएर रहनुपर्दछ (एफिसी ५ः१८) । हामीले गरेको हरेक कार्य उपयोगी हुनुपर्छ । परमेश्वरको महिमाको निम्ति असल कार्यमा समर्पित भएर मानिसहरूको सेवा गरौं । परमेश्वरको ज्योतिले अन्धकारलाई उज्यालो बनाउनुपर्छ । ज्योतिको पाँच किसिमका कामहरू छन्ः
क) किटाणु मार्नः भूतात्मा हटाउने अधिकार क्षमता हुन्छ (मर्कूस १६ः१६)
ख) अन्धकार धपाउनेः भूतात्मा हटेर जान्छ
ग) बाटो देखाउनेः बाटो बिराएकाहरूलाई मार्गनिर्देशन गर्दछ (भजन ११९ः१०५)
घ) हुर्कन मद्दत गर्नेः ज्योतिले सबै वनस्पति र प्राणीहरूको वृद्घि गर्छ
ङ) न्यानो दिनेः ताप भनेको शक्ति हो, आत्मिक रूपमा शक्ति हुन्छ र न्यानो बनाउँछ
हामीले गरेका सबै काम मानिसहरूका लागि उपयोगी हुन्छ । येशू हाम्रो लागि बलिदान हुनु भएर हामीलाई पापबाट छुटकारा गराउनुभयो । येशूले भन्नुभयो, “तिमीहरू नुन र त्यसपछि ज्योति बन्नुपर्छ । ज्योतिजस्तै चम्कनलाई हामी पवित्र आत्माको भरपूरिमा जिउनुपर्छ ।

३) हामीले हाम्रो वचन र कर्म दुवैलाई ज्योतिमा चम्काउँछौं (एफिसी ५ः८, फिलिप्पी २ः१५)
संसार अँध्यारोमा छ, पापको अन्धकार, अज्ञानताको अन्धकार, परमेश्वर विहीन अवस्थाको अन्धकार । हाम्रो वचन र काम दुवैमा हामी ज्योति चम्काउँछौं । मानिसहरूलाई परमेश्वरमा र उद्धारमा पु-याउने बाटो देखाउन हामी ज्योति हौं । हाम्रो गवाहीद्वारा, हाम्रो नमुनाद्वारा हाम्रो वचन र काम दुवैमा हामी ज्योति चम्काउँछौं । गलाती ५ः२२–२३ मा लेखिएका पवित्र आत्माका नौ वटा फलचाहिँ हामीमा चम्कने ज्योतिजस्तै हुन् ।
हामीमा पवित्र आत्मा हुनुहुन्छ भनेर अरूले कसरी पत्ता लगाउन सक्छन् ? तिनीहरूले हाम्रा असल काम देखेर पत्ता लगाउन सक्छन् । हाम्रो ज्योतिचाहिँ हाम्रा असल कामबाट नै प्रकट हुन्छ । तर हाम्रो ज्योतिले हामीलाई होइन तर परमेश्वरको महिमा गर्नुपर्छ । हाम्रो ज्योति, हाम्रा असल कामको उद्देश्यचाहिँ आफ्ना लागि प्रशंसा पाउनलाई होइन तर परमेश्वरको लागि प्रशंसा पाउनलाई हो । सम्झनुहोस्, हामीमा भएको ज्योति हाम्रो आफ्नै होइन । ज्योतिचाहिँ हामीमा बास गर्नुभएको परमेश्वरको पवित्र आत्मा हो । सबै कुरामा हामीले परमेश्वरलाई सबै महिमा दिनुपर्छ । त्यसैकारण मानिसहरूलाई परमेश्वरमा र उद्घारको बाटोमा डो¥याउनका निम्ति हामी ज्योति हौं ।
अन्तमाः हाम्रो ज्योतिचाहिँ हाम्रा असल कामबाट नै प्रकट हुन्छ । येशू ख्रीष्टलाई विश्वास गर्नेहरू समाजमा सबैको लागि उपयोगी र काम लाग्ने हुनुपर्छ । हाम्रा असल कामबाट नै परमेश्वर महिमित हुनुहुन्छ । अन्धकारभन्दा ज्योति भिन्नै छ । त्यस्तै सांसारिक मानिसहरूको व्यवहारभन्दा हाम्रो व्यवहार भिन्नै हुनुपर्छ । मानिसहरूले हाम्रो ज्योति देख्न सक्नुपर्छ । हाम्रो मण्डली डाँडामा बसालिएको सहरजस्तै हुनुपर्छ । हाम्रो ज्योतिको पछि लागेर मात्र मानिसहरूले उद्धार भेट्टाउनेछन् । हाम्रो ज्योतिको पछि लागेर मात्र मानिसहरू अन्धकारबाट उम्कन सक्छन् । मानिसहरूलाई उद्धार गर्नका निम्ति परमेश्वरले येशू ख्रीष्टलाई संसारमा पठाउनुभयो । जसरी परमेश्वरले ख्रीष्टलाई पठाउनुभयो, त्यसरी ख्रीष्टले हामीलाई पठाउनुहुन्छ (यूहन्ना १७ः१८) । यसकारण हामी आफैंमा भएको ज्योति नलुकाऔं । जस्तै अलिनो नुन काम नलाग्ने हुन्छ, त्यस्तै पाथीमुनि लु्केको ज्योति पनि काम नलाग्ने हुन्छ । जुन ख्रीष्टियानको ज्योति चम्कँदैन, त्योचाहिँ बेकम्मा ख्रीष्टियान हो । त्यो फल नफल्ने रूखजस्तै हो (यूहन्ना १५ः५–६) । त्यसको स्वाद छैन, फल छैन र त्यस्तो मानिस साँचो ख्रीष्टियान हुन सक्दैन ।

Previous Post

सुसमाचारको आगमनसँगै मान्छेले मान्छेको मासु खाने पुरानो अभ्यासमा पूर्ण विराम

Next Post

बाइबलमा आधुनिक विज्ञान

Sojan Poudel

Sojan Poudel

Next Post
बाइबलमा आधुनिक विज्ञान

बाइबलमा आधुनिक विज्ञान

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

  • Trending
  • Comments
  • Latest
एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

December 3, 2023
अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

September 17, 2022
समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

February 16, 2022
नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

February 24, 2022
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

0

एक उदाहरणीय जिम्मेवारी हस्‍तान्तरण कार्यक्रम

0

एन.सी.एफ.एन. पश्चिमाञ्चल क्षेत्रीय जवान सम्मेलन तथा अधिवेशन २०७४

0

चितवनमा पहिलो ख्रीष्‍टियनहरु दिदीवहिनी सङ्‍गतिद्वारा सम्मानीत

0
एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

July 6, 2025
  • एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो  नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    एनसिएफ नेपाल र एनसीएसद्वारा संयुक्त रुपमा घोषणा गर्यो नेपाल राष्ट्रिय ख्रीष्टियन सल्लाहकार परिषद

    0 shares
    Share 0 Tweet 0
  • अर्थमन्त्री शर्माद्वारा चर्च भवनको शिलान्यास

    0 shares
    Share 0 Tweet 0
  • समाज परिवर्तनमा युवाहरूको दायित्व र भूमिका

    0 shares
    Share 0 Tweet 0
  • नेपाली ख्रीष्टियन इतिहासको जग बसाल्नेहरूमध्येका एक अग्रणी सेवक रोबर्ट कार्थक

    0 shares
    Share 0 Tweet 0
  • Eternal Victorious Life in the Resurrection of Christ

    0 shares
    Share 0 Tweet 0

हाम्रो स्रोतहरू खुलाइएका बाहेक हाम्रो आशिष् डट कमद्वारा प्रकाशित सम्पूर्ण सामग्रीहरू साझा नेपाली मिडिया हब प्रा. लि. का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

ताजा खबर

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

एलपीजे फेलोशिप नेपालको सातौँ वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

September 4, 2025
BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

BNCA को नयाँ नेतृत्व चयन — पास्टर शान राई अध्यक्षमा निर्वाचित

July 6, 2025
पास्टर भद्र राई र गायिका लिडिया राई ‘गोल्डेन अवार्ड’ द्वारा सम्मानित

१२औं BNCA सम्मेलन २०२५ भव्य रूपमा सम्पन्न

July 6, 2025

हाम्रो बारेमा

कम्पनी दर्ता नं.: २३७९१२

सूचना तथा प्रशारण बिभाग अनलाईन दर्ता नं.: २५७९/ 0७७-७८

संचालक अध्यक्ष: डिल्लीराम पौडेल

सम्पादक: भुवन प्रसाद देवकोटा

ठेगाना: तिखेदेवल-१४ ललितपुर, नेपाल

ईमेल: [email protected]

समाचारका तथा बिज्ञापनका लागि इमेल: [email protected]

सम्पर्क नम्बर : ९८५१०८५२२४ / ९८१३९६७३२०

  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
  • प्रभाव
  • डिभोसन
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

No Result
View All Result
  • गृहपृष्ठ
  • विचार/लेख
  • आशिष
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बाग्मती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुर पश्चिमाञ्चल
  • प्रभाव
    • धर्म
    • परिवार
    • मनोरंजन
    • शिक्षा
    • संचार
    • सरकार
    • आर्थिक
  • डिभोसन
    • Devotion English
  • हाम्रो आशिष E MAgazine

© 2021 hamroashish.com

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In