ललितपुर । ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ नामक छैटौं पुस्तक र विभिन्न १७ जना लेखकहरूद्वारा लिखित तथा लेखक कमल अधिकारीद्वारा सम्पादित ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’ नामक पुस्तकको लोकापर्ण सम्पन्न भएको छ । ललितपुरमा आयोजना गरिएको पुस्तक लोकापर्ण समारोहमा नेपाल ख्रीष्टियन समाजका महासचिव डिल्लीराम पौडेल, लेखक तथा पास्टर लाजरस थुलुङ र माफ नेपालका अध्यक्ष बिदुर अधिकारीले सामुहिक रुपमा दुई पुस्तकको लोकापर्ण गर्नु भएको हो ।
कार्यक्रममा लेखक अधिकारीले ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ नामक पुस्तकका बारे प्रकाश पार्नु भएको थियो । त्यस्तै ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’ नामक पुस्तकका सम्बन्धमा सत्र जना लेखकमध्येका एक कविन श्रेष्ठले पुस्तकका बारेमा प्रकाश पार्नु भएको थियो । पुस्तक लोकार्पण कार्यक्रममा एन.सि.एस. का महासचिव डिल्लीराम पौडेल र लेखक तथा पास्टर लाजरस थुलुङले पुस्तकका सम्बन्धमा आ-आफ्ना धारणा राख्नु भएको थियो ।
कमल अधिकारीद्वारा लिखित ‘कठिन प्रश्नहरू सरल जवाफहरू’ पुस्तकमा बाइबलका १ सय ५१ ओटा कठिन र विरोधाभासको सरल तरिकाले ब्याख्या गरिएको संगालो हो भने अर्को पुस्तक ‘ख्रीष्टियन विश्वास बौद्धिक विश्वास’मा विभिन्न विषयमा सत्र जना लेखकहरूद्वारा लेखिएको संगालो हो । यी दुवै पुस्तक ख्रीष्टियन रक्षाशास्त्रसँग सम्बन्धित छन् ।