काठमाण्डौँ । नेपाली ख्रीष्टियन म्युजिक भिडियो एकैसाथ दुईवटा बिमोचन रिलिज गरिएको छ । विमोचित नेपाली ख्रीष्टियन म्युजिक भिडियो वर्तमान समयका ब्यस्त नेपाली ख्रीष्टियन म्युजिक भिडियो निर्देशक बिरेन तितुङको निर्देशनमा बनेको हो ।
परमेश्वरको महिमा र सुसमाचारको उद्देश्य राखेर निर्माण गरिएको एलमिन नेपालले निर्माण गरेको ”हिमाल मेरो” र दिपक ब्राइट निर्माता रहेको ख्रीष्टमस विशेष म्युजिक भिडियो ”झिलिमिली” नामक म्युजिक भिडियोलाई रेभ.पा. संगम के.सी.ले एक समारोहका बिच विमोचन गर्नु भएको थियो । झिलीमिली नामक म्युजिक भिडियोमा गायिका सु्इच्छा ठकुरी र गायक राजु तामाङको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत दिपक ब्राइटको रहेको छ । त्यस्तै गरी हिमाल मेरो नामक म्युजिक गीतमा गायक राजेश पायल राई र गायिका सुस्मिता राईको स्वर रहेको छ भने सब्द संगीत पा.तिर्थ बहादुर तामाङको रहेको छ । गीतको भिडियोमा पायल मोक्तान, बज्रसिंह लामा, छत्रलाल श्रेष्ठ लगायत अन्य कलाकारहरूको नृत्य लाई देख्न सकिन्छ ।
रिलिज गरिएको झिलीमिली नामक ख्रीष्टमस म्युजिक भिडियोको ” दिपक ब्राइट अफिसियल ” र ”हिमाल मेरो” नामक म्युजिक भिडियो एलमिन नेपाल नामक युटुब च्यानलमार्फत रिलिज गरिएको छ ।