काठमाडौँ – राष्ट्रिय सम्मानका साथ राष्ट्रकवि माधवप्रसाद घिमिरेको पशुपति आर्यघाटमा अन्त्येष्टि भएको छ । १०१ वर्षको उमेरमा घिमिरेको मंगलबार बेलुका लैनचौरस्थित आफ्नै निवासमा निधन भएको थियो ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल बुधबार बिहान राष्ट्रकवि घिमिरेको निबासमा पुगेर राष्ट्रिय झण्डा ओढाइ अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो ।
आफन्त, साहित्यकारहरु, शुभचिन्तकहरुसहित सीमित मलामीको उपस्थितिमा राष्ट्रकवि घिमिरेको अन्त्येष्टि भएको हो । उनलाई नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।