नेपालको राष्ट्रिय झन्डा जलाउने निन्दनीय कार्य प्रति मकवानपुर इसाई समुदायले खेद व्यक्त गरेका छन । आज एक विज्ञप्ति जारी गर्दै यस्तो धार्मिक तथा सामाजिक सद्भाव खल्बलाउने र राष्ट्र र राष्ट्रियतामा आँच आउने कुनै पनि गतिविधी नगर्न र नगराउना समेत मकवानपूर ईसाई समुदायद्वार अपिल गरेका छन्।
मकवानपूर इसाई अवाजका सचिव पा. अविषेक उप्रेतीका अनुसार केहि दिन अगि मंगोल होप नामक युट्युब च्यानल बाट निन्दात्मक तथा असहिष्णुता पूर्ण भाषा र शब्दहरु सहित को म्युजिक भिडियो सार्वजनिक गरिएको थियो । उक्त म्युजिक भिडियोमा प्रयोग गरिएका भाषा र सब्दलाई लिएर सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही लगाएत ले विभिन्न सामाजिक संजाल मार्फत इसाई समुदायप्रति दिएको अविव्यक्ति प्रति सम्पूर्ण मकवानपूर इसाई समुदायको गम्भीर ध्यानाकर्षण भएको बताएका छन ।
यस्तो कार्य कुनै इसाई समुदायको संलग्नता नरहेको समेत मकवानपुर इसाई समुदायले बिज्ञप्तिमा प्रष्ट पारेका छन ।
