सुर्खेत । ख्रीष्टय चर्च इत्रामको जवानहरुको आयोजना र नेपाल रेडक्रस सुर्खेतको सहकार्यमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
जवान संगतिका अध्यक्ष पा. ज्ञान गुरुङले कोरोना भाइरस कोभिड-१९ को महामारीलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गर्दै वीरेन्द्रनगरमा हाल रगतको अभाव भैरहेको महशुस गर्दै रक्तदान कार्यक्रम गरेको बताउनुभयो ।
कार्यक्रममा ९ जना महिला र १८ जना पुरुषले रक्तदान गर्नुभएको नेपाल रेडक्रस सोसाइटी रक्त सञ्चार केन्द्र सुर्खेतका प्राविधिक दिपेन्द्र केसीले जानकारी दिनुभयो ।