१७ कार्तिक, २०७६ । ललितपुरको प्रसून प्रेरितिय चर्च बागडोलमा नेपाल ख्रीष्टियन समाज नेपालको आयोजनमा राष्ट्रको लागि संयुक्त प्रार्थना सभा सम्पन्न भएको छ ।
प्रार्थना सभामा एन.सी. एस (NCS) नेपालको कला तथा सस्कृति विभागका संयोजक विकाशदत्त दुलालले नेपाली मण्डली समुदायमा स्थापना भएको संस्कार, कला र संस्कृतिबारे प्रवचनमा चर्चा गर्नु भएको थियो साथै नेपाली मण्डली इतिहास र ललितपुर जिल्लामा रहेको मण्डलीहरुको इतिहास बारे सबैको ध्यानाकर्षण गराउनु भएको थियो ।
त्यस्तै एन.सी.एस (NCS) नेपालका महासचिव रेभ. पा. डिल्ली राम पौडेलले अहिलेको विषम परिस्थितीमा नेपाली समुदायले भोक्दै आईरहेको समस्या, सतावट र चुनौती सामना गर्न सबै मण्डलीका अगुवा तथा पास्टर र सेवाकाईमा लागेका सबै प्रभुका अनुयायीहरु एकतामा रहि सेवा गर्नसके परमेश्वरको योजना यो देशमा पुरा हुने बताउनुभएको थियो ।
संयुक्त प्रार्थना सभा दिउसो २ बजेबाट सुरु भै बेलुकी ५ बजे सम्पन्न भएको हो ।