हेटौँडामा ३ दिने युवा सम्मेलन भव्यताका साथ सम्पन्न

0

कात्तिक ८ हेटौँडा ।  नेशनल चर्च एलायन्स अफ नेपाल (एन. सि. ए. एन.) प्रदेश नं. ३ युवा आयोगको आयोजनामा ३ दिने प्रादेशिक युवा सम्मेलन पेन्तिकोस्टल चर्च हेटौँडा-१५ भोर्लेमा सम्पन्न भएको छ ।सम्मेलनमा एन.सी.ए.एन. नेपालका केन्द्रिय अध्यक्ष रेभ.पा. हनोक तामाङ, सल्लाहकारहरु, रेभ.पा. देव क्षेत्री, रेभ.पा. दिलिप क्षेत्री र एन. सी.एन. नेपालका केन्द्रिय युवा अध्यक्ष लाजरस तामाङ, ग्रेस चर्च मिनिस्ट्री नेपालका संस्थापक अध्यक्ष रेभ.पास्टर हरि कुमार खातीले, “उहाँ चाहिँ बड्नु र म चाहि घट्नु आवश्यक छ” भन्ने विषयमा बोल्नु भएको थियो । त्यस्तै अहिलेको विषम परिस्थितिमा युवाहरु एकतामा रहि नेपाली मण्डली समुदाय र सेवाकाई क्षेत्रलाई सहि व्यवस्थापन गर्न सकेमा अहिले भोग्दै गरेको र भविष्यमा  हुन आउने समस्या, सतावट र चुनौतीबाट नेपाली मण्डली समुदायलाई जोगाउन सकिने एन.सी.ए.एन. नेपालका केन्द्रिय अध्यक्ष रेभ. तामाङले बताउनुभयो ।कात्तिक ६ गते देखि शुरु भई ८ गते सम्पन्न भएको सम्मेलन आषिशमय हुनुका साथै  ऐतिहासिक सफलता प्राप्त भएको प्रदेश ३ युवा आयोगका अध्यक्ष ईश्वर पाख्रिनले हामीलाई बताए ।सम्मेलनमा १३ वटा जिल्ला बाट करिब ४५० जना भन्दा बढि युवाहरु साथै स्थानिय मण्डलीका पास्टर तथा अगुवाहरुको सहभागीता रहेको थियो भने एकता जवान संगती हेटौंडाका संगीत झुण्डले आराधनामा अगुवाई गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here