माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने

0

काठमाडौं :  नेकपा माओवादी केन्द्रको विधान सम्मेलन फागुन पहिलो साता हुने भएको छ। 

आज बिहान बालुवाटारमा बसेको पदाधिकारी बैठकले फागुन पहिलो साता विधान सम्मेलन गर्ने निर्णय गरेको सचिव गणेश साहले जानकारी दिए। त्यसका लागि विधान मस्यौदा समिति गठन गरिएको छ। 

सम्मेलनअघि केन्द्रीय कमिटी बैठक बस्ने र विधान मस्यौदा समितिले तयार पारेको मस्यौदालाई अनुमोदन गरेपछि विधान सम्मेलनमा प्रस्तुत गरिने साहले बताए। मस्यौदा समितिमा उपाध्यक्ष पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिवत्रय गिरिराजमणि पोखरेल, वर्षमान पुन र जनार्दन शर्मा तथा सचिवद्वय गणेश शाह र राम कार्की छन्।  

बैठकले माओवादी विशेष रूपान्तरण अभियान सफल भएको र भिन्न रूपमा अभियानलाई निरन्तरता दिनुपर्ने निष्कर्ष पनि निकालेको छ। 
 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here