कात्तिक १७, काठमाडौँ । युनाईटेड पाष्टर फेलोसीप नेपालको अधिवेशन आज काठमाडौं सितापाईला स्थित उज्वल महिमा मण्डलीमा सम्पन्न भएको छ । अधिवेशनबाट पा. कृष्ण सुवेदी अध्यक्ष पदको लागि चयन हुनु भएको छ । त्यस्तै क्रमस : उपाध्यक्षमा डा.पा. डिबी सुनुवार, सचिवमा पा. चन्द्र महतो, कोषाध्यक्षमा पा.आशा काजी देउला, सहसचिवमा पा. गौरव तामाङ, र सहकोषाध्यक्षमा पा. रामकुमारी राई निर्वाचित हुनुभएको छ ।
अन्य निर्वाचित सदस्यहरूमा पा. अष्टमाया लामा,पा. उन बहादुर तामाङ, पा. दिपक लिम्बु, पा. जनक बुढा मगर र पा. किलु शेर्पा रहनुभएको छ ।