रसुवा बाढीमा पुरिएका संरचना उत्खननको योजना बनाउन रास्वपा सांसदको माग

0

काठमाडौं, १ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बोधनारायण श्रेष्ठले रसुवामा बाढीपहिरोले पुरिएका संरचना उत्खननका लागि सरकारले छुट्टै योजना बनाउन माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले पुरिएका निजी घर, विद्यालय, स्वास्थ्य संस्था, सरकारी तथा धार्मिक संरचनामा मानिसका शव हुन सक्ने भन्दै खोजी तथा उत्खनन तीव्र पार्न आग्रह गरे।

श्रेष्ठले गृह मन्त्रालय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले व्यापक योजना बनाएर सबै प्रभावित जिल्लामा एकैपटक उत्खनन अभियान सञ्चालन गर्नुपर्ने बताए। उनले यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको पनि बताए।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here