कोशीले सुदूरपश्चिमलाई हरायो

0

काठमाडौं : प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोसी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई आठ विकेटले पराजित गरेको छ।

सुदूरपश्चिमले दिएको एक सय १९ रनको लक्ष्यलाई कोसी प्रदेशले १७ दशमलव ४ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो। कोसीको जितमा काजल श्रेष्ठ र कप्तान रुबीना क्षेत्रीले उत्कृष्ट ब्याटिङ गरे। काजलले ४८ बलमा आठ चौकाको मद्धतमा ५४ रन बनाइन भने रुबिनाले ५५ बल खेल्दै आठ चौकाको मद्धतमा ५१ रनको योगदान गरिन्। बिमला मलाहले ४ रन जोडिन्।

सुदुरपश्चिमकी अनु कठायतले दुई विकेट लिइन्। त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै एक सय १८ रनको योगफल बनाएको थियो। सुदुरपश्चिमको लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्।

त्यसैगरी सम्झना खड्काले २७ रन जोडिन भने कविता जोशीले २६ रन बनाइन्। रेवती धामीले २० तथा रुबी पोडारले २ रन बनाइन्। बलिङतर्फ कोसी प्रदेशकी सबनम राई र अपसरी बेगमले समान एक एक विकेट लिएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here