सगरमाथाको पहिलो आरोहणमा आधारित ‘तेन्जिङ’को ट्रेलर सार्वजनिक

0

सगरमाथाको पहिलो सफल आरोहणको ऐतिहासिक कथामा आधारित हलिउड फिल्म *‘तेन्जिङ’*को पहिलो ट्रेलर सार्वजनिक भएको छ।

फिल्ममा सन् १९५३ मा सगरमाथाको चुचुरोमा पहिलोपटक पुग्ने तेन्जिङ नोर्गे र एडमन्ड हिलारीको आरोहण यात्रा प्रस्तुत गरिएको छ। तेन्जिङको भूमिकामा गेन्डेन फुन्त्सोक, हिलारीमा टम हिडलस्टन र अभियान नेता जोन हन्टमा विलेम डाफोले अभिनय गरेका छन्।

अस्ट्रेलियाली निर्देशक जेन्निफर पिडमले निर्देशन गरेको फिल्ममा आरोहणको जोखिमसँगै तेन्जिङको आध्यात्मिक सम्बन्ध, सांस्कृतिक पहिचान र हिलारीसँगको सहकार्यलाई पनि प्रस्तुत गरिएको छ।

‘तेन्जिङ’ अक्टोबर ९ देखि हलमा प्रदर्शन हुनेछ भने त्यसको एक सातापछि एप्पल टीभीमा स्ट्रिमिङ हुने जनाइएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here