जम्मू-कश्मीरमा दुई चरमपन्थी मारिएको भारतीय सेनाको दाबी

0

काठमाडौं, १ असोज । भारतीय सेनाको ‘व्हाइट नाइट कर्प्स’का अनुसार जम्मू-कश्मीरको उधमपुरस्थित ब्रट्टल क्षेत्रमा सुरक्षा बलले चलाएको संयुक्त अभियानमा दुई जना चरमपन्थी मारिएका छन्।

सेना, जम्मू-कश्मीर पुलिस र केन्द्रीय रिजर्भ प्यारामिलिटरी फोर्सको संयुक्त टोलीले गुप्तचर सूचनाका आधारमा अभियान चलाएको थियो। खराब मौसम र विकट भूगोलका बाबजुद अभियान जारी रहेको तथा थप खोजी र निगरानी भइरहेको सेनाले जनाएको छ।

मारिएका व्यक्तिको पहिचान र उनीहरू आबद्ध संगठनबारे भने सेना‍ले जानकारी दिएको छैन।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here