काठमाडौं, १ असोज । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्रको विवाद समाधानका लागि संस्थापन र इतर पक्षले गर्न लागेका दुवै महाधिवेशन रोक्न आग्रह गरेका छन्।
बिहीबार विज्ञप्ति जारी गर्दै कोइरालाले दुई महाधिवेशनले कांग्रेससँगै राष्ट्रियता र लोकतान्त्रिक आन्दोलनमा समेत असर पार्ने बताएका हुन्। उनले विवाद समाधानका लागि मध्यमार्गी र विवेकपूर्ण समझदारी खोज्नुपर्नेमा जोड दिएका छन्।
आफूमाथि आरोप लागे पनि कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्न आफू निरन्तर प्रयासरत रहेको कोइरालाले बताएका छन्।
















