चिलिमे सुरुङमा भेटिएका शव बाढीको प्रारम्भिक प्रहारबाट प्रभावित भएको अनुमान

0

काठमाडौं, १ असोज । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा भेटिएका शवहरू बाढीको प्रारम्भिक प्रहारकै कारण प्रभावित भएको देखिएको आयोजनाका प्रबन्ध निर्देशक बाबुराजा महर्जनले बताएका छन्।

२१ दिनदेखि जारी खोजी तथा उद्धारका क्रममा बुधबार चार शव र एक मानव अंग फेला परेको थियो। घटनाबारे विभिन्न अनुमान र दोषारोपण भइरहेकाले आधिकारिक मूल्यांकन र प्रतिवेदन नआएसम्म अनुमान नगर्न महर्जनले आग्रह गरेका छन्।

भदौ १० गते भोटेकोशीमा आएको बाढीपहिरोपछि चिलिमे आयोजनाबाट ६ जना बेपत्ता भएका थिए। हालसम्म चार शव र दुई मानव अंग फेला परेका छन् भने एक जना अझै सम्पर्कविहीन छन्। उद्धार तथा खोजी कार्य जारी रहेको आयोजनाले जनाएको छ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here